बिरगंज १८ भदौ ।राष्ट्रिय जनता पार्टी नेपाल महानगरकमिटि पर्साले वीरगन्ज महानगरपालिका भित्र भएको अनियमितता, भ्रष्ट्रचार लगायतको बिषयको उजागर गरेको छ । महानगरपालिकाको विकास निर्माण, सामाजिक उत्तरदायित्व र जनचेतना मुलक कार्यहरुमा भईरहेको अनियमितता, भ्रष्ट्रचार, छाडाचौपाया, सरसफाई समस्या, ढल निकासी र नाला निर्माणका विषयमा राजपाले निरन्तर आलोपालो खबरदावी गर्दै आएको छ ।
महानगरभित्र देखा परेको समस्यालाई उजागर गर्ने र तत्काल समाधान गराई नगरवासीलाई राहतको प्रत्याभुति गराउका निम्ती हरेक हप्ता जहाँ समस्या त्यही पत्रकार सम्मेलन गर्ने अवलम्बन गरेको निति अनुसार बुधबार कमिटिले पत्रकार सम्मेलन गरेर महानगरपालिका भित्र भएको अनियमितता केहि अंशहरु उजागर गरेको हो ।
बर्षातको समयमा डुबान भई लाखौको क्षतिहुने वीरगन्जको व्यापारी क्षेत्र आर्दशनगर चौकमै राजपाले पत्रकार सम्मेलनको आयोजना गरेर एसियाली विकास बैंकको सहयोगमा नगरक्षेत्रमा निर्माण गरिएको नालामा व्यापाक भ्रष्ट्रचार भएको आरोप लगाएको छ ।
करिब ७ करोडको लागतमा निर्माणको शुरुवात भएदेखि नै चरम लापरवाही भएको, पत्रकार सम्मेलनमा राजपाका महासचिव राजेशमान सिंहले आरोप लगाउँदै नाला निर्माणमा प्रयोग भएको निर्माण समाग्रीहरु गुणस्तरहीन भएको, मापदण्ड पुरा नै नगरी निर्माण गरिएको नालाको पानी उल्टै बहाव भएपछि पुरै बजार क्षेत्र नै डुबानमा पर्ने गरेको बताए ।
नगर प्रमुख विजय कुमार सरावगी निर्वाचित भएपछि सहि ढंगबाट काम हुन्छ र नाला निर्माणमा भएको अनियमितता र भ्रष्ट्रचार विरुद्ध कारवाही हुने जनमानसमा आशा र भरोसा थियो तर त्यो अविश्वास र निरासामा परिणत भएको छ, महासचिव सिंहले भने, निर्माणको जिम्मा लिएको कालिका कन्स्ट्रक्शनलाई कारवाही गर्नुको साट्टो मेयर सरावगीले पटक पटक म्याद थप गरी मलजल गर्ने काम गरे ।
उनले भने, कालिकाले नै नेपालगंन्जमा निर्माण गरेको सडक र नाला राम्रो हुने तर वीरगन्जमा किन राम्रो हुन सकेन ? आधा घण्टा पानी पर्दा पुरै वीरगन्ज क्षेत्र डुबानमा पर्छ । वीरगन्जको मुख्य समस्याको रुपमा रहेको नाला निर्माणमा करोडौको चलखेल र बदमासी हुदाँ नगर प्रमुखले कालिकालाई कारवाही नगर्नु नै उनको संलग्नता पुष्टी भएको उनले आरोप लगाए ।
ढल निकासीको समस्या समाधान गर्नको लागि अष्ट्रेलियन कम्पनी एसएमईसि ले नक्सा तयार गरेको थियो तर नेपाली कन्सल्ट्यान्ट सिएमएटि र बिडिए ले महानगरसंगको साँठगाँठमा नक्सा परिर्वतन गरी अप्राकृति रुपमा उत्तरबाट बगिने पानीलाई दक्षिण तिर फर्काउँदा नगरको पानी सहज रुपमा निकास हुन सकिरहेको छैन जसले गर्दा बजार क्षेत्रनै डुबान हुदाँ बर्षेनी लाखौ रुपैयाको क्षति व्यवहोर्नु परेको छ ।
जेड मेशिन खरीदमा समेत व्यापक अनियमितता भएको उनको दावी छ । नाला भित्र मानिस पसेर सरसफाई गर्न नसकिने हुँदा मेशिन मार्फत नै सफा गरिन्छ, उनले भने, नाला भनेको फोहोर पानी नै हो यसमा हमेसा फोहोर र पानी हुन्छ तर खरीद गरिएको जेड मेशिन सुख्खा नाला सफा गर्न मात्र प्रयोग हुन्छ । यसमा पनि कन्सल्यान्टको सिफारिसमा आर्थिक चलखेल गरी मेशिन खरिद गरिएको छ ।
नगर क्षेत्रमा निर्माण भएको दोश्रो बाईपास सडक र नाला बनिसकेपनि त्यसको प्रयोग बैज्ञानिक ढंगबाट हुन सकेको छैन । सकड बनिसकेपनि २०२० जुन ७ तारिख सम्म ठेकेदार कम्पनीले सडकको मर्मत सम्भार र सुरक्षा हेर्नुपर्ने र महानगरपालिकाले झाडु लगाउने सम्झौता गरेको भएपनि कुनै काम हुन सकेको छैन जसले गर्दा निर्माण भएको एक बर्षमै सडक भत्किन थालेको उनले बताए ।
वीरगन्ज महानगर क्षेत्रको मुख्य सडकहरु नै खाल्डै खाल्डोले भरीएको देख्दा सडकमा खाल्डो परेको हैन की खाल्डोमा सडक बनेको छ । गिता मन्दिर रोड, दुई नम्बर रोड, घण्टाघर देखि पावर हाउससम्मको र ठाकुराम देखि आर्दशनगर सम्मको सडक खाल्डो खुल्डी हुदाँ समेत मेयर सरावगीको ध्यान जान सकेको छैन । गुणस्तरीय ठेक्का सकार गरेर ७ महिनामै भत्कीने सडक बनाउने ठेकेदारलाई कारवाही नगर्नु पनि उनको संलग्नता रहेको उनले बताए ।
मेयर सरावगीले निर्वाचनको बेला खानु भएको कसमहरु भुलेर महानगरलाई अस्तव्यस्त बनाई रहदा केहि रहस्मय कामहरु भने गर्दै आएको खुलासा समेत उनले गरे । महानगरको साना ठूला सवै निर्माण कार्यमा जगदम्बा सिमेन्ट र छडलाई अघोषित रुपमा अनिवार्य बनाईएको जुन नियमले मिल्दैन आर्थिक चलखेलमा मै ठेक्कापट्टाको सार्वजनिक सूचना नै ननिकाली एक कम्पनीलाई ठेक्का नै नदिए उनले भने । राजपाको खबरदारीमा सम्पूर्ण नगरवासीलाई एकसाथ अगाडी बढ्न आहवान समेत गरेको छ । महानगरभित्र देखिएको समस्या समाधान गर्न यसअघि नै राजपाले वीरगन्जमा विरोध ¥याली प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाउँदै अल्टिमेटम दिएको थियो ।
पत्रकार सम्मेलनमा राजपाका सह महासचिव निजामुदीन समानी, राजपाका नेता मदन यादव, राजेश साह, रमतुल्लाह खान, महानगरकार्य समितिका अध्यक्ष लियाकत अलि, परमानन्द चौधरी, देवानन्द यादव, उमेशलाल सहनी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times