बीरगंज १९ भदौ ।
१३ औं मानव बेचविखन तथा ओसारपसार विरुद्धको सप्ताहव्यापी कार्यक्रम आजबाट शुरु भएको छ । माइती नेपाल वीरगंजले कार्यक्रमको पहिलो दिन सीमा क्षेत्रमा उच्च निगरानी राख्दै भारत जाने महिलाहरुलाई ‘के तपाईको यात्रा सुरक्षित छ ?’भन्ने प्रश्न सोध्दै संचेत गराएको थियो । सीमा नकटदै यात्रुहरुसंग यस्तो सवालले उनिहरुलाई सजग बनाउने भएको माइती नेपाल वीरगंज शाखा प्रमुख संगीता पुरीले बताउनु भयो । मानव बेचविखन नियन्त्रण सम्बन्धी चेतना मुलक व्यानर समेत सिमा क्षेत्रमा आज राखिएको पुरीले जानकारी दिनुभयो । यसअघि माइती नेपाल पर्साले प्रहरीसंगको सहकार्यमा चेलीबेटी बेचविखन रोकथामका लागि संचालित कार्यक्रममा दुई जना चेलीलाई उद्धार गर्न समेत सफल भएको जनाईएको छ । साता व्यापी कार्यक्रम अन्तरगत आगामी भदौ २० गते माईती नेपालले सरकारको प्रतिबद्धता,मानव बेचविखन तथा ओसारपसारको नियन्त्रणमा हामी सबैको एकबद्धता भन्ने नाराका साथ ¥याली तथा सडक नाटकको आयोजना गर्ने माइती नेपाल वीरगंज युनिटकी प्रमुख संगिता पुरीले जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times