बिरगंज २२ भदौ ।
पर्सा प्रहरीले करिब ३ सय लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । जिल्लाको वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले आईतबार वीरगन्जको गण्डक चौकबाट १९ वटा प्लास्टिकमाको झोलामा रहेको करिब ३ सय लिटर अवैध घरेलु मदिरा बरामद गरेको हो ।
नुवाकोटबाट वीरगन्ज तर्फ आईरहेको ना ६ ख ७१६३ नम्बरको केरुङ्ग ट्राभल्सको यात्रु बाहक बसलाई गण्डक चौकमा चेकजाँच गर्ने क्रममा बसको पछाडीको डिक्कीमा लुकाई छिपाई ल्याएको अवस्थामा सो मदिरा बरामद गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक चक्र बहादुर मल्लले बताए ।
बरामद गरिएको मदिरा बाराको अमलेखगंजबाट दुईजना महिला लुकाई छिपाई ल्याएको प्रहरीले जनाएको छ । वीरगन्जको विभिन्न खुद्रा रक्सी पसलहरुमा विक्री वितरण गर्न घरेलुी मदिरा भित्रियाएका हुन । मदिरा सहित पक्राउ परेको दुवैजना महिलालाई आईन्दा यस्तो काम नगर्न गराउँन भनि सम्झाई बुझाई एकपल्टको लागि छाडिएको प्रहरी निरिक्षक मल्लले बताए ।
मदिरा भने, वडा समितिका कार्यालय १३ नम्बरका वडा अध्यक्ष तुफान अंसारी, सामुदायिक सेवा केन्द्र मुर्लीका सचिव दिलिप प्रधान, वडा समिति कार्यालय ११ का सदस्य प्रयाग महतो र संचारकर्मीहरुको रोहबरमा पोखिएर नष्ट गरिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times