बिरगंज २३ भदौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको कार्यालयले वीरगन्जमा छापामारी गरी एकजना प्रहरी जवानलाई घुसको रकम सहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको सहायता कक्षमा कार्यरत प्रहरी जवान गम्हीरा साह तेलीले सेवाग्राही संग घुस वापत ५ हजार रुपैया लिई रहेको अवस्थामै अख्तियारले रंगेहात पक्राउ गरेको हो ।
वीरगन्जको माईस्थान मन्दिर अगाडी रहेको भरत दही एण्ड स्वीट्स पसलमा सेवाग्राही संग जबरजस्ती घुसको रकम असुली गरीरहेको भनि आएको विशेष सूचनाको आधारमा प्रहरी जवान गम्हीरालाई अख्तियारको टोलीले रगेंहात पक्राउ गरेको हो ।
पक्राउ परेको प्रज साहलाई स्थानिय वडा अध्यक्ष ध्रुव प्रसाद नेपालको रोहबरमा मुचुल्का उठाई घुसको रकम सहित आवश्यक अनुसन्धानको लागि आयोगको कार्यालय हेटौडा लगिएको आयोगका शाखा अधिकृत कृष्ण सुवेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय