बीरगंज २६ भदौ ।
गत शुक्रबार भएको एसिड प्रहारको घटनापछि छोरी चेलीहरु असुरक्षित भएको महसुस गरि रहेको बेला आज वीरगंजमा के हाम्रा छोरीहरु सुरक्षित छन् भन्न् विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरीले एसिडको घटनालाई प्रदेश सरकारले गम्भिर रुपमा लिएको हुँदा यस्तो घटना फेरी नदोहरीन सबै सजक हुनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले दोषीलाई कानुन बमोनिम कडा कारवाहि हुनुपर्ने बताउदै बढदो छाडापनलाई नियन्त्रण गर्न सबैको भूमिका प्रभावकारी हुनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा प्रदेश सभा सांसद ओम प्रकाश शर्माले महिला हिसांको घटना बढेकोमा दुःख व्यक्त गर्दै फितलो कानुनी व्यवस्थाका कारण अपराधिहरुको मनोवल बढेको हुन सक्ने कुरामा जोड दिनुभयो । त्यसैगरी वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले महानगरको प्रत्येक विद्यालयहरुमा गुनासो पेटिका राखिएको भएपनि अहिले सम्म एउटा पनि गुनासो नआएको बताउदै विद्यालयमा भएको समस्या देखी घरबाट स्कुल आउदा बाटोको समस्या सम्म छात्रछात्राले राख्न नसक्दा समस्या बढदै गएको बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक अनन्त राम शर्माले अहिले एसिड प्रहारको घटना भएपछि अभिभावक पनि सचेत भएको बताउदै अभिभावकहरु स्वयं आएर आफ्नो छोरीलाई जिस्काउने केटालाई कारवाहि हुनुप¥यो भन्दै आउने क्रम बढेको बताउनुभयो । वीरगंज ग्लोबल कलेजकी निर्देशक निभा दासको अध्यक्षतामा सम्पन्न अन्तकृया कार्यक्रममा समाजवादी पार्टिकी महिला नेतृ मोनिका सिंह, समाजिमक अभियन्ता ओम प्रकाश शर्राफ, चेलि कृषि सहकारी संस्थाकी कमला घिमीरे, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम, डा. अशोक दास लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । ग्लोबल कलेजका निर्देशक ओम प्रकाश श्रेष्ठले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times