बिरगन्ज २७ भदौ ।
११ बुन्दे प्रस्तावलाई पारित गर्दै विश्व हिन्दु परिषदको एक दिवसीय सन्त पुजारी भेला वीरगन्जमा सम्पन्न भएको छ । शुक्रबार स्थानिय होटल कुमुमा बारा र पर्साको विभिन्न मठ मन्दिरका सन्त पुजारीहरुको भेलाले जातिय छुवाछुत अन्त्य गरी एउटै देश, एउटै संस्कृती र एउटै जाति हिन्दु धर्म नै कायम गर्ने अभियानका साथ ११ बुन्दे प्रस्ताव सर्वसहमतबाट पारित गरेको हो ।
“हिन्दव सोदरा सर्वे, न हिन्दू पतितो भवेत्” यो भाव हामी सबै आफुमा विकसित गर्ने संकल्प गर्दै सबै हिन्दू एउटै आमाको सन्तान सरह सहोदर दाजू भाई भएकोले कोहि दलित या पतित नभए हिन्दु प्रति समान दृष्टी राख्ने संकल्प समेत गरिएको छ ।
मन्दिर र पूजा अनुष्ठानमा धनी र गरीब संग समान व्यवहार गर्ने, आफ्नो क्षेत्रमा लोभ लालच दिएर धर्मांतरण गराउने चर्चको प्रयासलाई निस्तेज गर्न हरसम्भव प्रयास गर्ने प्रस्ताव पारित गरिएको छ । त्यसैगरी मठमन्दिरहरुको सम्पतिलाई सरकारीकरण र निजीकरणबाट जोगाउन प्रयत्न गर्ने, गौ ह्त्या र गोवंश तस्करी रोक्ने, संस्कृत शिक्षा, भाषाको संरक्षण र प्रबर्द्धन गर्ने प्रस्तावलाई पारित गरिएको विश्व हिन्दु परिषद संगठनका मन्त्री प्रहलाद रेग्मीले बताए ।
उनले भने, जातिगत आधारमा कुनै ऊंचनीच नगरी मन्दिर र पूजा स्थलमा जातिगत आधारमा कसै प्रति असमान व्यवहार नगर्ने, “मम दीक्षा हिन्दू रक्षा, मम मन्त्र समानता” को भावलाई विकसित गर्ने संकल्प गर्दै हिन्दुत्वको रक्षा मेरो हो र समानता हाम्रो मन्त्र हुने प्रस्तावलाई समेत पारित गरिएको छ ।
समाजमा महिलाको सशक्तिकरणको लागी सतत रूपले प्रयत्नशील रही महिलाहरु प्रति उच्च सम्मान र आदरको भाव राखि हिन्दुको चेली बेटीलाई लवजिहादबाट जोगाउन हर सम्भव प्रयत्न गर्ने, पर्यावरण रक्षाको लागी नदी नाला फोहर सफा राखी धेरै संख्यामा वृक्षारोपण गर्ने छौं ।
हिन्दुत्व परिवारलाई संरक्षित गर्दै छोरा—छोरीले माता—पिता प्रति सम्मानको भाव राख्ने, भाईहरुले आफु बीच प्रेम राख्ने गरी परम्परा सहयोगको भाव विकसित गरी प्रत्येक घरमा सन्सकार को महत्व र सामाजिक रूपमा हिन्दू चेलिबेटी र नव युवा पुस्तामा आईरहेको षड्यन्त्र को अवगत गराउने छ ।
त्यसैगरी विभिन्न स्थानमा हुने यज्ञ र सप्ताहा कथा प्रवचनको समयमा मा धर्मान्तरिर भएका आफ्ना दाजुभाई दिदिबहिनीलाई सम्पर्क गर्न लगाई सहज र सरलिकृत सुद्धिकरण गराई स्वधर्ममा ल्याउने। अथवा घर वापिस को कार्य गराउने। समाजलाई पनि घरवापस भएका सग समान सम्मान र उचित सहज व्यवहारको लागि आग्रह जस्ता प्रस्तावलाई पारित गरिएको हो ।
संत र पुजारीको रूपमा समाजको शोषित उपेक्षित र दुखीहरुको समस्या समाधान गर्न तत्पर रहि हिन्दू धर्म माथी भई रहेको षड्यंत्र प्रति समाजलाई जागरूक गराउँदै त्यसविरुद्ध संघर्ष गर्न उत्प्रेरित गरिने प्रस्तावमा लेखिएको छ ।
भेलामा बारा र पर्साका विभिन्न मठ मन्दिरका १५० जना सन्त पुजारीहरुको सहभागिता रहेको थियो । सन्तमार्ग दर्शक मण्डलका सह संयोजक सेवक सौरभनाथ बाबाको सभापतीत्वमा आयोजित भेलामा विश्व हिन्दु परिषदका महासचिव जितेन्द्र सिंह, केन्द्रिय सदस्य ओम प्रकाश शिकारीया, अरविन्द त्रिपाठी, सन्तमार्ग दर्शकका जिल्ला संयोजक बजरंगी बाबा, परिषदका जिल्ला अध्यक्ष ओम प्रकाश साह लगायतले हिन्दुत्व रक्षाको लागि हिन्दु समाज एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय