वीरगन्ज २७ भदौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले वीरगन्जमा छापामारी गरी एकजना प्रधानाध्यापक सहित ६ जनालाई पक्राउ गरेको छ ।
अख्तियारको टोलीले एकलाख घुसको रकम सहित वीरगन्ज ८ घण्टाघर स्थित गजुरेल गल्लीमा रहेको सामुदायिक आँखा सेवा केन्द्र अगाडी चिया पसलबाट वीरगन्ज ३१ वेल्वा प्रसौनीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रअ सचिन्दर कुमार कापर सहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विद्यालयका सहायक प्रधानाध्यापक बारा परवानीपुर गाउँपालिका वडा नम्बर १ का मनिर मियाँ, शिक्षक जितपुर सिमरा नगरपालिका वडा नम्बर १० का सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु वीरगन्ज ३१ वेल्वाकै ईलियास मियाँ अंसारी, सदिया खातुनका श्रीमान् जमिल मियाँ र नजमुदिन मियाँ देवान रहेका छन ।
विद्यालयले गणित शिक्षकको लागि करारमा नियुक्त गर्न विज्ञापन निकालेको थियो । तर अनुदानको कोटामा समेत नियुक्त गर्न एकजना व्यक्तिसंग १ लाख घुस रकम लिएको अवस्थामा ६ जनालाई नै रंगेहात पक्राउ गरेको आयोग हेटौडाका अधिकृत नर बहादुर चन्दले बताए ।
पक्राउ परेका ६ जनालाई आवश्यक अनुसन्धानको लागि स्थलगत मुचुल्का उठाई नियन्त्रणमा लिई हेटौडा लगेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय