पोखरिया, भदौ २९ गते ।
पर्साको कालिकामाई गाउपालिकामा लामखुटे मार्न औषधी छर्कीएको छ । पर्सा लगायत देशैभरि तथा सिमावर्ती क्षेत्रमा समेत डेंगुको बढदो जोखिमका बीच सर्तकता अपनाउदै गाउपालिकाले लामखुटे मार्न औषधी छर्केको हो । शनिवार साझ देखी सुरु भएको औषधी छर्ने कार्य आईतवार अबेर राति सम्म सम्पन भएको गाउपालिकाको ५ नम्बर वडाका अध्यक्ष पवन तिवारीले जनाएका छन् ।
गाउपालिकाको ५ वटै वडाका गल्ली गल्लीमा लामखुटे मार्न विषाधी छर्किएको छ। पर्सामा अहिले सम्म तिन दर्जन व्यक्तिमा डेगुको संक्रमण देखिएको छ । कालिकामाई गाउपालिकामा भने हाल सम्म डेंगुको संक्रमण देखा नपरेपछि सर्तकताका लागि लामखुटेको औषधी छर्कीएको वडा अध्यक्ष तिवारीले बताउनु भयो। लामखुटे मार्ने अभियानका साथै डेंगुबाट जोगिन सकने अन्य उपाएका बारेमा नागरिकलाई सचेत गराउन स्वास्थयकर्मी परिचालन गरिएको गाउपालिकाले जनाएको छ । समाजिक संजाल तथा गाउपालिका अन्तर्गतका स्वास्थ केन्द्र मार्फत पनि
डेंगु सतर्कताबारे विशेष जानकारी समेत गराइएको छ ।
डेंगुको संक्रमण गाउपालिकामा प्रवेश गर्न नदिने तर्फ आवश्यक बचावकालागि गाउपालिकाले सर्वसधारणमा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय