बीरगंज ४ असोज ।
चाडपर्व पर्वको बेलामा समेत व्यवसायिहरुले करको कारण देखाउदै माल समान आयात कम गरेपछि मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय र सुख्खाबन्दरगाह भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । चालू आर्थिक बर्षको श्रावण र भाद्र महिनामा वीरगंज भन्सार कार्यालय तथा सुख्खाबन्दरगाह भन्सार कार्यालयलाई अर्थ मन्त्रालयले ४१ अर्ब भन्दाबढी राजस्व असुली गर्न लक्ष्य तोकेकोमा दुई भन्सार कार्यालयले जम्मा ३२ अर्ब मात्र राजस्व असुली गरेका छन् । वीरगंज भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको दुई महिनामा यस भन्सारले २५ अर्ब ७४ करोड १९ लाख राजस्व संकलन गरेको छ । यता अर्थमन्त्रालयले वीरगंज भन्सारलाई ३४ अर्ब ५ करोड ७१ लाखको लक्ष्य ताकेको थियो । लक्ष्य भन्दा २५ प्रतिशत कम राजस्व असुली भएको वीरगंज भन्सार कार्यालयका प्रवक्ता मनिष कुमार महतोले जानकारी दिनुभयो । वीरगंज भन्सारले भन्सार शुल्क तर्फ ९ अर्ब ३ करोड १२ लाख राजस्व उठाएको छ भने मुल्य अभिबृद्धि कर तर्फ ९ अर्ब ८७ करोड ७६ लाख असुली गरेको छ । त्यसैगरी अन्तशुल्क तर्फ ४ अर्ब २० करोड ४८ लाख असुली गरेको छ भने पूर्वाधार कर तर्फ ३० करोड ८४ लाख असुली भएको छ । यता स्वास्थ्य जोखिम कर तर्फ वीरगंज भन्सारले १ अर्ब ५ करोड ९ लाख राजस्व असुली गरेको छ भने अग्रिम आर्यकर तर्फ १ करोड ८८ लाख राजस्व असुली भएको वीरगंज भन्सारका प्रवक्ता महतोले बताउनु भयो ।
त्यसैगरी वीरगंज स्थित श्रीसिया सुक्खा बन्दरगाहलाई अर्थमन्त्रालयले ७ अर्ब ५६ करोड १७ लाख राजस्व् असुली गर्ने लक्ष्य तोकेकोमा बन्दरगाह भन्सार कार्यालयले ६ खर्ब ७५ करोड ४८ लाख मात्र राजस्व असुली गरेको सिर्सिया सुख्खा बन्दरगाह भन्सारका सूचना अधिकारी विकाश कुमारले जानकारी दिनुभयो । सुख्खाबन्दरगाह भन्सारले लक्ष्य भन्दा ११ प्रतिशत कम राजस्व असुली गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय