बीरगंज ४ असोज ।
सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै प्रदेश नम्बर २ का वारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा मनाउने जितिया पर्व आजबाट विधिवत रुपमा सुरु भएको छ । शुक्रबार विधिवत सुरु भएको जितिया पर्व आइतबार समापन हुनेछ । महिलाहरुले २४ देखि ३६ घण्टासम्म पानीसमेत नखाइ व्रत बस्ने हुनाले यो पर्व कठोर मानिन्छ । जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ । तीनदिनसम्म चोखो एवम पवित्र भएर मनाइने यो पर्वको पहिलो दिन शुक्रबार ‘नहाय खाय’ अर्थात् चोखो भएर पर्वको सुरुवात गरिन्छ । त्यस्तै, शुक्रबार राति मिष्ठान परिकार बनाएर न दर खाइन्छ । पर्वको मुख्य दिन शनिबार निराहार व्रत बस्ने गरिन्छ । जितिया पर्वमा जितवाहन भगवानको व्रत तथा उपासना गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय