पोखरिया २४ असोज ।
अब्दुल्लाह हत्या प्रकरणको छानबीन गर्ने क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नरायण प्रसाद भट्राईले स्थलगत अनुगमन गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी भट्राईले शव बरामद भएको ठाउको स्थलगत निरिक्षण गर्नु भएको हो । यस संन्दर्भमा उहाले स्थानिय संग विषेश कुराकानी गर्नु भएको थियो । स्थलगत निरिक्षण गरेपछि पिडित परिवारलाई घेटघाट गरि भट्राईले दोषी यथासिघ्र पता लगाउन राज्यका विभिन्न संयंत्र लागि परेको बताउनु भयो । अब्दुल्लाहको हत्यारा पता लगाउन प्रहरीको विभिन्न युनिट परिचालन भएको जनाउदै प्रमुख जिल्ला अधिकारीले प्रहरीको अनुसंधानमा सहयोग गर्न स्थानियलाई आग्रह गर्नु भयो । समाजलाई अपराध मुक्त बनाउन सादा पोषकमा भएका नागरिक पनि प्रहरीको निर्वाह गर्न सक्नु भएकोले घटनाको दोषी पता लगाउन सबै एक भएर काम गर्नु पर्नेमा उहाले जोड दिनु भयो । सो अवसरमा पोखरिया नगरपालिकाका मेयर दिप नरायण रौनियार, नेकपा नेता रामबाबु बैठा, पत्रकार महासंघका अपाध्यक्ष अनुप तिवारी लगायत स्थानिय नेता तथा समाजसेवीको सहभागिता रहेको थियो ।
६ दिन वितिसक्दा पनि दोषी पता लागेन
घटनाको ६ दिन वितिसक्दा पनि दोषी पता लागेको छैन् । पिडित परिवारले अनुसंधानको प्रकृयालाई सघाइरहको छ । घटनाको वास्तविक्ता अगाडी नआएकोृ कारण पिडित परिवारको पिडा झन बढदै गएको छ । प्रहरीले क्रमिकरुपमा अनुसंधान भइरहेको जनाएपनि अहिले सम्म हत्यारा पता नलाग्नुले स्थानिय दुखित भएका छन् । इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्साको समेत विषेश अनुसंधान टोली अब्दुल्लाहको हत्यारा पता लगाउन खटेको छ । उच्च स्तिरिय छानबीन गरि बास्तविकता बाहिर ल्याउने प्रहरीले दाबी गरि रहेपनि । अब्दुल्लाको परिजनका साथै सतवरिया गाउ शोकमा डुकेको छ ।
जिल्ला उच्चाङ्गल रामदेव कलवार विधालयमा कक्षा ९ मा अध्यनरत बालक स्थानिय शिक्षक गन्नी अंसारीका छोरा हुन । अब्दुल्लाह आइतवार दिउसो ३ बजेदेखी बेप्ता भएका थिए
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to The Madhesh Times