राम कुशवाहा
वीरगंज २९ असोज ।
प्रहरी चौकी परवानीपुरले चेकजाचको क्रममा ठुलो मात्रामा अवैध घरेलु मदिरा बरामद गरेको छ । प्रहरी चौकी परवानीपुरका ईन्र्चाज प्रहरी नायव निरिक्षक बैधनाथ दासको कमाण्डमा रहेको चेकजाच टोलीले यात्रु बाहक बसबाट बुधबार बिहान ६ः३० बजेको समयमा त्यारी अवस्थामा रहेको अवैध घरेलु मदिरा ५ सय १० लिटर परवानीपुर प्रहरी चौकी अगाडीबाट बरामद गरेको हो ।बाराको अमलेखगन्जबाट घरेलु मदिरा विभिन्न सवारी साधनमा लोड गरी लयाई वीरगंजका होटलहरुमा बिक्री बितरण गर्ने गरेको सई बैधनाथ दासले जानकारी दिए । बरामद गरिएको अवैध घरेलु मदिरा स्थानिय जनप्रतिनिधि परवानीपुर गाउपालिका वडा नं ३ का अध्यक्ष अनिल राम, स्थानिय राधाकृष्ण रौनियार, मनोज कुमार यादव,संचारकर्मी, लगायत स्थानिय भद्र भलादमीहरुको रोहबरमा नष्ट गरिएको प्रहरी चौकी परवानीपुरका सई बैधनाथ दासले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times