बीरगंज २९ असोज।
पर्साको पखोरिया नगरपालिका स्थित जिल्ला उच्चांगल माविका शिक्षक र विद्यार्थीहरुले सो विद्यालयमा अध्ययनरत अब्दुल अन्सारीको हत्यारामा संलग्नलाई पक्राउ गरी कारवाहीको मांग गर्दै ज्ञापन पत्र बुझाएका छन । जिल्ला उच्चांगल माविको कक्षा ९ मा अध्ययनरत १५ बर्षिय विद्यार्थी अंसारीको गत असोज २१ गते हत्या भएको थियो । हत्यामा संलग्न दोषिलाई अबिलम्ब कारवाही गर्न मांग गर्दै शिक्षक विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय पोखरियामा ज्ञापनपत्र बुझाएका छन । शिक्षक महासंघ नेपाल पर्सा पोखरीया नगरपालिका अध्यक्ष पर्बत ठाकुर नेतृत्वमा ज्ञापन पत्र बुझाईएको थियो । ज्ञापनपत्र बुझदै पोखरीयाका प्रहरी निरीक्षक चन्द्रसिंहले दोषिलाई चांडै पक्राउ गर्ने आश्वासन दिनुभएको थियो । ज्ञापन पत्र बुझाएपछि विद्यालयमा शोक सभाको आयोजना समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय