बीरगंज २६ मंसिर ।
पर्साको पोखरिया नगरपालिकाको सतवरियाटोलमा गत असोज १९ गते भएको बालकको हत्याको घटनालाई पर्सा प्रहरीले ढाकछोप गर्न खोजेको पिडीतले आरोप लगाएका छन । सतवरीया निवासी गन्नी अंसारीको १४ बर्षीय छोरा अव्दुलाह अंसारी असोज १९ बेपत्ता भएपछि त्यसको भोलीपल्ट दिउसो पोखरीमा डुबेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले बालकको हत्या नभई पानीमा डुबेर मृत्यु भएको बताउदै आएपनि मृतकका बुवा गन्नी अंसारीले भने आफनो छोराको हत्या भएकोले दोषीलाई कारवाही गर्न मांग गर्दै आएका छन । मृतक बालकको भिसरा निकाली परिक्षणको लागाी काठमाडौ पठाएको परिक्षणको रिर्पोट आएप्छि घटनाको सत्यतथ्य बाहिर आउने प्रहरीले दावी गरेको छ । प्रहरीले बालकको हत्या नभई पानीमा डुबेर मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ । बालकको मृत्यु वा हत्या भएको सम्बन्धमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिहले जानकारी दिनु भयो । बुुवा गन्नि अंसारीका अनुसार साथीहरुसंग खेली रहेको बेला पोखरिमा गएको कसैले नदेखेको र छोराको साथीहरुको फरक फरक वयानले गर्दा आफनो छोराको हत्या भएको र मृतक वालकको एक महिना पछि घटना स्थलमा उनले लगाएको कपडा फेला पर्नुले समेत घटना शंकास्पद रहेको बताउनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times