बीरगंज २६ मंसिर ।
समाजवादी महिला सङ्घको जिल्ला समायोजन घोषणासभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. २ का अर्थ राज्यमन्त्री उषा यादवले कार्यक्रमको उदघाटन गर्दै महिलाहरु अधिकारको लागि घरबाहिर आएको र अधिकार लिएरै छाड्ने बताउनु भयो । अन्य प्रदेशको तुलनामा प्रदेश नं. २ मा चेतनाको कमीको कारण महिलाहरु राज्यको सेवा, सुविधालगायत समाज र परिवारबाट पाउने अधिकारबाट समेत वञ्चित भएको यादवले बताउनु भयो । उहाले अब प्रदेश नं. २ सरकार महिलाको निम्ति अगाडि बढेको र सोही क्रम अनुसार बेटी पढाउ, बेटी बचाउ अभियान शुरु गरेकोमा यसले निश्चितरुपमा ठूलो परिवर्तन ल्याउने बताउनु भयो । कार्यक्रममा प्रदेश नं. २ का अध्यक्ष सन्जिला यादव, उपाध्यक्ष पिंकी यादव, गीता यादव, सचिव आरती यादव, प्रदेशसभा सदस्य करीमा बेगम, भीमा यादव, जिल्ला समन्वय समितिका सभापति नेक महम्मद, जिल्ला इन्चार्ज रामनरेश यादवलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच समायोजन हँुदा इन्दु यादवको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा शीला साह, कोषाध्यक्षमा निशा खातुन, सचिव कस्तुरी सर्राफलगायत रहेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times