
राम कुशवाहा
वीरगंज ६ पुस ।
तराईमा केही दिन देखी लगातार बढेको चिसो तथा सितलहरका कारण जनजिवन कष्टकर बन्दै गएको छ । चिसो तथा शितलहर बढे संगै सडक पेटिमा जिवनयापन गर्नेहरु सब भन्दा बढि पिडामा परेका छन । उनिहरु सडकपेटिमै कठयाड्डग्रो जाडोमा सुत्न बाध्य भएका छन ।
यस्तो चिसोमा पनि सडक पेटीमै रात बिताउन बाध्य भएकाहरुका लागी घाउमा मर्हम लगाउने काम गरेका छन वीरगंजका युवाहरु । ति युवाहरुले आर्थिक अभावका कारण वीरगंज महानगर भित्रको सडक पेटीमै रात बिताउन बाध्य विभिन्न व्यक्तिहरुलाई चिसोबाट बच्न मध्यरातमा कम्बल बितरण गरिरहेका छन ।
समाजवादी बिर्धाथी युनियनका केन्द्रिय सदस्य निखिल वर्णवालको नेतृत्वमा युवाहरुले मध्यरातमा वीरगंजको गल्ली गल्ली कुना कुनामा पुगी गरिब असाहयहरुलाई सडक पेटीमै सुतेको ठाउमै पुगी कम्बल बितरण गरिरहेका छन ।चिसो बढे संगै लगातार ५ दिन देखी राती रातीमा हामी सडक पेटीमै रात बिताउने गरिब असहायहरुलाई कम्बल बितरण गरिरहेका छौ र यस्को निरन्तरता दिने छौ समाजवादीका बिर्धाथी नेता निखिल वर्णवालले बताउनु भयो ।