बिरगंज ६ पुस । भारत संग सिमाजोडिएको छिपहरमाई गाउपालिकाको भिस्वा बजारमा प्रहरी ज्याती बढदै गएपछि त्याहाका व्यवसायी त्रसीत भएका छन । बिलबिजक भएको माल समानलाईपनि तस्करीको हो भनी प्रहरीले पक्राउ गर्न थालेपछि सधैं गुलजार रहदै आएको भिष्वा बजारको रौनक हराएको छ । व्यापारीहरू व्यापार व्यवसाय बन्द गरेर त्यसको विकल्प खोज्न थालेका छन । प्रहरीको ज्यादतीले अतालीएका व्यवसायीहरु संघ र प्रदेश सरकारलाई गुहार गर्दै आएका छन । गत महिना एउटा ट्रेक्टरमा स्थानिय १ दर्जन व्यवसायीले आफनो पसलकोलागि ल्याएको समान बिल बिजक हुदाहुदै प्रहरीले नियंत्रणमा लिएर भंसार बुझाएपछि व्यवसायीहरु सरकारलाई गुहार गरेका छन । संघ सरकारको गृह मंन्त्रालयमा पुगी घटनाबारे अवगत गराइसकेका स्थानिय व्यवसायीहरुको टोली आज जनकपुर पुगेर प्रदेश सरकारलाई पनि भिष्वा बजारको व्यवसाय जोगाउन गुहार गरेका छन । प्रदेश सांसदको अगुवाईमा व्यवसायीहरुको टोली आज मुख्यमन्त्रीलाई आफनो समस्या राख्न जनकपुर पुगेको हो । टोलीमा भिष्वा बजार समितीका अध्यक्ष गणेश जयसवाल , व्यवसायी सुरेन्द्र जयसवाल , किशोर जयसवाल , अरुण अग्रवाल लगायतका रहनु भएको छ । माओबादी द्वन्द्वकाल, मधेस आन्दोलन, भारतीय नाकाबन्दी लगायतका कुनै पनि कालखण्डमा प्रभावित नभएको भिष्वा बजारको व्यापार व्यवसाय अहिले प्रहरीको ज्यादतीका कारण खस्केको व्यापारीको गुनासो छ । छिपहरमाई गाउपालिका प्रमुख मनोज गुप्ताले प्रहरी प्रशासनले बजारका सबै व्यापारीलाई तस्करकै बिल्ला भिराउनु अनुचित रहेको बताउनु भयो । तस्करी गर्ने माथी कार्यवाही गर्नु पर्छ तर सिंगो बजारलाई नै तस्कर देख्नु अनुचित रहेको गुप्ताले बताउनु भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times