बिरगंज ६ पुस । कालिकामाई गाउपालिकामा जन्मदर्ता , मृत्यु दर्ता , जग्गा खरिद विक्री , प्रतिष्ठान संचालन लगायतका सिफरिश मै सर्वसधारणले चर्को शुल्क तिर्ने बाध्ययताको अन्त भएको छ । आज गाउकार्यपालिकाको आकस्मीक बैठकले वडाहरुबाट प्रदान हुदै आएको सिफरिश लगायतका सम्पुर्ण सेवाहरु निशुल्क प्रदान गर्ने निर्णय भएसंगै शुल्क तिर्ने झण्झटको अन्त भएको हो । कालिकामाई गाउपालिका अन्तर्गतका वडा कार्यालयहरुबाट अब सम्पुण सेवा निशुल्क रुपमा प्रदान हुने छ । गाउपालिकाको आकाष्मिक बोर्ड बैठकले भोली सोमबार देखी लागु हुने गरि सम्पुर्ण सेवा निशुल्क प्रदान गर्ने निर्णय गरेको वडा नम्बर ५ का अध्यक्ष पवन तिवारीले जानकारी दिनु भयो । वडाबाट प्रदान हुने सम्पुर्ण सेवा निशुल्क प्रदान गर्ने कालिकामाई गाउपालिका पर्सा जिल्ला कै १४ स्थानिय तह मध्ये पहिलो पालिका भएको छ । यसैगरि आजैको बैठकले अत्यधिक चिसोबाट दलित विपन्न , बृद्ध बृद्धा तथा बालबालिकालाई संरक्षण प्रदान गर्ने निर्णय गरेको छ । सितलहरबाट जोगिन बन बाट सिफरिश भएको दाउरा लयाएर पालिका अन्तर्गतको ठाउ ठाउमा आगो बाल्ने , तथा वडाहरुमा दाउरा वितरण गर्ने समेत निर्णय गरेको तिवारीले जानकारी दिनु भयो । सितलहरलाई मध्यनजर गर्दै ५ वटै वडामा विपन्न असहायलाई कम्बल वितरण भइसकेको र भोली देखी ठाउठाउमा आगो बालने काम सुरु हुने जनाइएको छ ।
यसैगरि बढदो चिसोको कारण कालिकामाई गाउपालिका अन्तर्गतको सबै विधालय बन्द गर्ने निर्णय गरिएको छ । कक्षा १ देखी ७ सम्मका विधार्थीकोलागि ७ गते देखी १३ गते तथा कक्षा ८ देखी उच्चमाविका विधार्थीहरुकोलागि गाउपालिकाले संचालन गर्ने लागुऔषध विरुद्धको तालिमको भोली देखी एक साता सम्म विदा दिने निर्णय गाउपालिकाको आज बसेको बोर्ड बैठकबाट भएको प्रमुख प्रशासकिय अधिकृत राजुसाहले जानकारी दिनु भयो ।
……………..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय