भिस्वा ७ पुस ।
धोबनी गाउपालिकाको वडा नम्बर ५ अोरिया खोला किनारबाट २१ किलो लागुअौषध चरेश बरामद भएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वा बंजारीको टोलीले सो चरेश बरामद गरेको हो । सोमबार बिहान ४ बजेको समयमा गोप्य सुचनाको अधारमा गस्ती टोली अोरिया खोला हुँदै भारत तर्फ लगिरहेको अवस्थामा २१ वटा पोकामा रहेको चरेश बरामद भएको सशस्त्र प्रहरी निरिक्षक हरि पराजुलीले जानकारी दिनु भयो । कालिकामाई गाउपालिका वडा नम्बर १ मुडली टिन्बाडोबियाबाट चरेसको खेप भारत तर्फ गईरहेको सुचना अाएको थियो । सोही अधारमा निगरानी बढाएको र गस्ती टोलीलाई हेरेर दुईजना भरिया चरेश फालेर भागेको सशस्त्रका प्रहरी निरिक्षक पराजुलीले बताउनु भयो ।
बराममद चरेस ईलाका प्रहरी कार्यालयमा पाेखरियामा बुझाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय