पोखरिया ८ पुस । पर्साको दुई ठाउमा अागलगी हुदा लाखौको क्षति भएको छ । कालिकामाई गाउपालिकाको वडा नम्बर ३ हरिहरपुरमा अाज विहान ५ बजेर ३० मिनेटको समयमा राधेश्याम गोढको घरमा खाना पकाउन बालिएको अागो सल्केर अागलगी भएको थियो । अागलगीमा घर पुर्णरूपमा जल्लेर नष्ट भएको छ । घर भित्र राखिएको घान, लता, कपडा र साईकल जलेर नष्ट भएको हो । अागलगीका कारण ४ लाखको क्षति भएको पिडित गोढले जानकारी दिनु भयो । पोखरियाबाट गएको वारूण यंत्र तथा स्थानियको सहयोगमा अागलगी नियंत्रणमा अाएको थियो । यसैगरि छिपहरमाई गाउपालिकाको वडा नम्बर १ मिर्जापुरमा गएराति अागलगी भएको छ । बंजीत महतो कोईरीको घरमा अागलगी हुदा ७ लाखको क्षति भएको छ । महतोको घरमा रहेको दुईवटा मोटर साईकल,धान, लता, कपडा जलेर नष्ट भएको छ । अागलगी पोखरिया नगरपालिकाबाट गएको वारूणयंत्र तथा स्थानियको सहयोगमा नियंत्रणमा अाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय