बीरगंज ८ पुष ।
पर्साको ठोरी गाउपालिकामा अवैध रुपमा लगाईएको लागु औषध गांजालाई प्रहरीले फडानी गरी नष्ट गरेको छ । वडा नम्बर ४ को बिजयबस्ती स्थित रहेको पानीटयांकी, फायरलाईन, ठाडोलाईन र गोरपुर टोलमा रहेको करिब ८ कठाको क्षेत्रफलमा लगाईएको गांजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो । बिजयबस्ती प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय ठोरीको संयुक्त प्रहरीको टोलीले घरको वरपर लगाईएको गांजालाई जलाएर नष्ट गरेको हो । ५ दिन देखि अभियान सञ्चाल गरी गांजालाई फडानी गरी बिजयबस्ती प्रहरी चौकि अगाडी स्थानीय बुद्धिजिवी, समाजसेवीको रोहबरमा जलाएर नष्ट गरिएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय