बीरगंज ८ पुष ।
मंसिर २६ गते एक वालिकालाई बलात्कार गरी फरार रहेका एक अभियुतmलाई प्रहरीले पक्राँउ गरेका छन् । राती ९ बजेको समयमा वर्ष १४ की पिडित परिवर्तित नाम कलैया ३३ लाई निजकै घरबाट अभियुक्त परिवर्तित नाम कलैया ३२ ले विवाह गर्ने प्रलोभन देखाई साथमा लिई आएको मोटरसाईकलमा राखी जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं. ७ स्थित खेतमा लगी जबरजस्ती करणी गरी फरार भएका थिए ।
घटना अनुसन्धानको क्रममा निज अभियुक्तलाई पक्राँउ गरेको प्रहरी उपरिक्षक बिकासराज खनालले जानकारी दिनुभयो । नियन्त्रणमा लिईका अभियुतmलाई थप अनुसंनधानका लागि बारा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी उपरिक्षक खनालले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय