बीरगंज ११ पुष ।
गत मंसिर २६ गते शौच गर्न राती घर बाहिर निस्किएकी १४ बर्षिया किशोरीलाई गाउँकै एक युवकले बलात्कार गरेको घटनामा पिडित परिवारले न्याय पाउने कुरामा आशंका थपिएको छ । घटनाको भोलीपल्ट मंसिर २७ मा गाउँमा भद्रभलाद्मीको जमघटले बलात्कृत बालिकाको विवाह बलात्कार गर्ने युवकसँग राख्दा पिडकले सो प्रस्ताव अस्वीकार गरी बरु पैसा वा जग्गा लिएर मिल्न दबाब दिन थालेपछि बलात्कारको घटनामा पिडितले न्याय पाउने आशंका उब्जिएको हो । पिडित बालिकाकी आमाले गरिबको इज्जत लुटिएपछि इन्साफका लागि कसैले नबोल्ने र आफूलाई अब न्याय चाहिएको भन्दै विभिन्न सञ्चारमाध्यममा हारगुहार गरेकी छन् । घटनाको १२ दिनमा पछि प्रहरीले आरोपितलाई मंगलवार पक्रेर अदालतबाट म्याद लिएर अनुसन्धान गर्न हिरासतमा राखेको छ । यता वडा अध्यक्षले घटना मिलाउन पिडित पक्षलाई दवाव दिएका छन् । पीडक र पीडित कलैया उपमहानगरपालिका कै बासिन्दा रहेको छन् । यो घटनामा मिल्न वडाध्यक्षले दबाब दिइरहेको पीडितले बताइरहँदा पचरौता नगरपालिका–५, बेल्दारी गाउँमा एक वडा सचिवले बलात्कार आरोतिलाई जोगाउन उसको उमेर कम देखिने गरी व्यक्तिगत घटना दर्ताको मुल ढड्डा सच्याएको आरोपमा प्रहरीले वडा सचिव प्रभु पंडित कुम्हाललाई बुधवार पक्राउ गरेको छ । उनलाई सरकारी किर्ते छापदस्तखत मुद्दाअन्तर्गत पक्राउ गरिएको छ । ‘कम उमेर देखिएपछि सजाय कम हुन सक्ने उदेश्यले सचिवले बलात्कार आरोपितको पक्षबाट मुल ढड्डा सच्याएको पाइएपछि कुम्हाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय वाराको प्रहरी उपरिक्षक विकास राज खनालले बताउनु भयो । उहाँले बलात्कार ओरोपितलाई जोगाउन जनप्रतिनिधि र स्थानीय तहका कर्मचारीले नै चलखेल गरेको दावी गर्नै यो घटनाले जिल्लामा बलात्कारको ढाकछोप गर्ने कार्यमा जनप्रतिनिधि कै मिलोमतो रहेपछि पिडितले न्याय पाउन गाह्रो देखिएको भए पनि आफूहरुले जसरी पनि न्याय दिने दावी गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय