बीरगंज ९ माघ ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई मजबुत बनाइएको बताउनु भएको छ । देशको सीमानाको रक्षार्थ तराइदेखि हिमालसम्म सीमा सुरक्षालाई बलियो पारिएको उनले बताएका हुन् । सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै आईजीपी खनालले सीमानामा गण, गुल्म र बीओपीका माध्यमबाट सीमा सुरक्षालाई मजबुत र व्यवस्थित बनाउँदै सबै सुरक्षा र स्थानीय निकायको समन्वय र सहकार्यमा हामीले पाएको उत्तरदायित्व र जिम्मेवारीलाई पूरा गर्दै आएको बताउनुभयो । कार्यादेशअनुसार संगठनले आधुनिक प्रविधिको प्रयोग गरी सुरक्षालाई आधुनिकीकरण एवं विशिष्टिकरण गर्दै अगाडि बढाइरहेको पनि बताउनुभयो । दीर्घकालीन रुपमा बलियो बनाउन सांगठनिक संरचना परिवर्तन गरी हिजोको आवश्यकतालाई हेरेर गृह मन्त्रालयको पहलमा ७७ वटै जिल्लामा सशस्त्र प्रहरीको पहुँच र्पुयाइएको बताउनुभयो । वहांले आफ्नो कार्यकालको पौने दुई वर्षे अवधिमा ५६ वटा नीति निर्दे्शिका, कार्य्विधि र ६५ वटा तालिम पाठ्यक्रम बनाएर तालिम शिक्षालयका साथै प्रधान कार्यालय, बाहिनी गण, गुल्म र बीओपीका माध्यमबाट नीति कार्यान्वयनलाई अघि बढाइएको बताउनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times