वीरगंज । वीरगंज प्रिमियर लिग (वीपिएल) टि २० क्रिकेट प्रतियाेगिता आज देखी सुरु भएकाे छ । नारायणी क्रिकेट मैदान वीरगंजमा आयाेजित प्रयाेगिताकाे उद्घाटन एक समाराेहका विच प्रतिनिधि सभा सदस्य प्रदिप यादवले गरेका छन् ।प्रतियाेगिताकाे उद्घाटन गर्दै पर्सा क्षेत्र नं. १ का संघिय सांसद प्रदिप यादवले खेलाडीहरुलाई प्राेत्साहन गर्न जरुरी रहेकाे वताए । राष्ट्रिय स्तरका खेलाडीहरुकाे जागिरकाे व्यवस्था समेत सकारले गर्नु पर्ने वताउदै सांसद यादवले त्यस खालकाे कानुन ल्याएर प्रदेश २ सरकारले सुरुवात गर्नु पर्ने वताए ।खेलाडीहरुले राष्ट्रकाे नाम राेशन गर्ने भएकाले राष्ट्रकाे गहना भएकाे बताउदै सांसद यादवले खेलकुदले धनी, गरिब, कमजोर, बलावान लगायत सबै जातजाती, वर्ग समुदायलाई एकताबद्ध गराई देशको आर्थिक उन्नती खम्बको रुपमा सहयोग गर्ने गरेको बताए । छिमेकी मुलुक भारतमा क्रिकेट खेल लोकप्रिय रहेकोले यस खेलको विकासको लागी राज्यले नै सहयोग गरिरहेकोले संघीय, प्रदेश र स्थानीय सरकारले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर क्षमतावान खेलाडी उत्पादन गर्नमा लाग्नु पर्ने सांसद यादवको सुझाव छ ।
भारतमा क्रिकेट खेलप्रति दर्शकको चाहना र उजेतजना व्यवापक बढ्ेकै कारण भारत आर्थिक रुपमा सबल भएको बताउँदै सांसद यादवले क्रिकेट खेललाई आधुनिक तरिकाले विकास गर्ने सरकारले नेपालकै दोस्रो ठुलो नरायारणी रंगशालाको विकास गर्नेतर्फ लाग्न ध्यानाकर्षण समेत गराएका हुन । त्यसैले खेलाडीहरुकाे सम्पूर्ण जिम्मेेवारी सरकारले लिनु पर्ने र आगामी दिनमा अन्तराष्ट्रिय क्रिकेट टुर्नामेन्ट को आयोजना बिरगंजमा गर्नु पर्ने उहाको भनाई थियाे ।युनाईटेड क्रिकेट क्लबका अध्यक्ष हासिम हवारीकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा प्रदेश सांसद प्रहलाद गिरी, जन्नत अन्सारी, करिमा बेग्म, भिमा यादव, जिल्ला समन्व समिति पर्साका संयाेजक नेक महमद अन्सारी, क्रिकेट एशाेसिएसन अफ नेपालका सदस्य दाउद अन्सारी, माधव अचार्य, समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, नेता सुन्दर कुर्मी, वीरगंज महानगर अध्यक्ष इशवर यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।युनाईटेड क्रिकेट क्लबकाे आयाेजनामा भएकाे प्रतियाेगिताकाे उद्घाटन समाराेहमा वीरगंजका विभिन्न विद्यालयका छात्र/छात्राहरुले मार्च पास समेत प्रस्तुत गरेका थिए । साे मार्च पासमा जिएचपी प्रथम, साउथजुन द्वितिय र गाैतम स्कुल तृतिय घाेषित भएका थिए ।कार्यक्रमकाे संचालन वीपिएलका प्रवक्ता राजुल हवारीले गरेका थिए भने स्वागत मन्तव्य आयोजक क्लबका सचिव एवं वीपिएलका निर्देशक घन्सयामबाबु गुप्ताले गरेका थिए ।उद्घाटन समाराेहमा गायक अजमत अली र एसएस साेनुले देश भक्ति गित समेत प्रस्तुत गरेका थिए । यसका साथै साे अवसरमा विभिन्न विद्यालयका छात्र/छात्राहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।प्रतियाेगितामा ६ वटा क्रिकेट टिम भाग लिएका छन् भने आजकाे खेल वीरगंज स्टार र विसिसी बिच भइरहेकाे छ । प्रतियाेगिताकाे विजेतालाई रु दुई लाख ५० हजार र उप विजेतालाई रु एक लाख ८० हजार पुरस्कार प्रदान समेत गरिने छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय