वीरगंज, फागुन ३ ।
ग्लोबल आईएमई बैंक वीरगंजको आयोजनामा आज वीरगंज महानगरपालिका वडा नम्बर २५ श्रीसियमा निःशुुल्क आँखा शिविर सम्पन्न भएको छ ।
केडिया आँखा अस्पताल परवानीपुरको सहयोगमा सम्पन्न शिविरमा २५० जनाको आँखा परिक्षण गरिएको थियो । जसमध्ये ४७ जनामा मोतियाबिन्दु फेला परेको छ ।

मोतियाबिन्दुको शल्यक्रियाको सम्पुर्ण खर्च बैंकले व्यहोर्ने बैंकका वीरगंज शाखा प्रबन्धक संतोष कुमार साहले जानकारी दिनुभयो । शिविरमा नेत्र रोग विशेषज्ञ डा. नितिन तुल्स्यानको टिमले चेकजाँच गरेको थियो ।
सो अवसरमा बैंकका तर्फबाट राकेश ज्ञवली,सुशिल द्विवेदी, मिनु यादव, सोनु जयसवाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानिय युवा आशुतोष चतुर्वेदीको विशेष सहयोग रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय