
वीरगंज ६ फागुन ।
वीरगंजको माईस्थान स्थित महालक्ष्मी ट्रेडर्स र कन्चन किराना पसलमा हिजो दिउँसो आगलागी हुँदा करिब ६० लाख बराबरको क्षति भएको बताईएको छ । वीरगंज महानगरपालिका वडा नम्बर ९ स्थित माईस्थान पार्क नजिकै रहेको मधुसुदन अग्रवालको घरमा स्थानिय मनोज गुप्ता र बिनोद गुप्ताले संचालन गरेको महालक्ष्मी ट्रेडर्स र कन्चन किराना पसलमा हिजो अचानक विद्युत इन्भर्टरमा सर्ट भई दोश्रो तल्लामा रहेको गोदाममा आगलागी हुँदा करिब ६० लाख मुल्य बराबरको खाद्य सामग्री सहित किराना सामान जलेर नष्ट भएको किराना पसलका संचालक पिडित मनोज गुप्ताले जानकारी दिनुभएको छ । वीरगंज महानगरपालिकाको दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय बासिन्दा तथा व्यापारीहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले बताउनु भयो ।