राम कुशवाहा
वीरगंज १० फागुन ।
पर्सा जिल्लाको सिमावर्ति नाकाहरुबाट हुने तस्करी धन्दामा जिल्ला प्रहरी कार्यालय पर्सा र विर्ता वडा प्रहरी कार्यालयबाट खटने टाईगर टोलीले सहयोग गर्ने गरेको पाईएको छ । तस्करहरुले प्रहरीकै सहयोगमा वीरगंज भन्सार नाकाबाट साईकलमा हार्डवेयर, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा कपडा नेपालतर्फ भित्रियाईरहेका छन भने छपकैया नाकाबाट बिहान र बेलुका साईकलमा छोकडा र मरिच लोड गरी भारततर्फ ओसार पोसार गरिरहेका छन । त्यसैगरी पर्साको अमरपट्टि र प्रसौनि भाटाको नाकाबाट राती रातीमा भैसीको तस्करी हुने गरेको खबर प्राप्त भएको छ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्र भित्र पर्ने सिमानाकाहरु नगवा, ईनर्वा, मेन भन्सार, भकुवा, छपकैया, अलौ, कोनिया, अमरपटि, प्रसौनी भाटाको सिमानाकाबाट काम गर्ने तस्करहरु सम्म पुगेर, टाईगर टोलीका ईन्र्चाजले महिनावारी असुल्ने गरेको श्रोतको दावी छ । वीरगंज महानगरपालिकाको छपकैया नाका बाट काम गर्ने शम्भु, गम्भिरा, सुकेश्वर, रुपेश, ध्रुप, सुरेस, दिनेशले छोकडा र मरिच ओसार पोसार गरे वापत टाईगर टोलीलाई महिनावारी बुझाउने गरेका छन । जिल्ला प्रहरी कार्यालय पर्साले सिमा नाका बाट हुने चोरी पैठारी नियन्त्रण तथा जिल्लाको कुनै ठाउमा केही घटना दुर्घटना भए तत्काल पुग्ने गरी हिसाबले बनाईएको (क्यु आर टी) टोली अहिले ठिक विपरित तस्करहरु संग नजदिकि बनाई तस्करी धन्दालाई सहयोग गर्दै आईरहेका छन । वडा प्रहरी कार्यालय विर्ताबाट खटने प्रहरी हवल्दार राम सोगारत यादवले भन्सार, ईनर्वा, छपकैयाको एरियामा हुने तस्करीको रकम असुलने गरेका छन भने, जिल्ला प्रहरी कार्यालयबाट खटने टाईगर टोलीका ईन्चार्ज हरेराम पटेल, सरोज केसरीले नगवा, ईनर्वागाउ, भन्सार, छपकैया, अलौ, कोनिया, नाकाबाट छोकडा, मरिच, कुखुराको चल्ला र अमरपट्टी, प्रसौनी भाट्टाको सिमावर्ती नाकाबाट भैसीको तस्करी गर्ने व्यापारीहरु संग महिनावारी बुझेको श्रोतको दावी छ । प्रहरीको निति निर्देशन विपरित काम गर्ने यस्ता प्रहरीलाई समयमै लगाम लगाउन जरुरी देखिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times