राम कुशवाहा
वीरगंज १३ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले श्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध शाखाबाट खटेको टोलीले चेकजाचको क्रममा वीरगंज महानगरपालिका वडा नं १६ रजतजयन्ती चौकमा रक्सौलबाट वीरगंज तर्फ आउदै गरेको वीआर ०५ एए ७२५५ नम्बरको मोटरसाईकलबाट श्रोत नखुलेको ४ लाख नेपाली रुपैया सहित भारत रक्सौल टुमरिया टोल बस्ने विजय कुमार ठाकुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनु भयो ।त्यसैगरी प्रहरीले सँेही ठाउबाट वीआर ०५डि ५०१८ नम्बरको मोटरसाईकलबाट अवैध श्रोत नखुलेको ३ लाख नेपाली रुपैया सहित वीरगंज महानगरपालिका वडा नं १६ नगवा बस्ने राजु कुमार कलवारलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक पन्तले बताउनु भयो । अवैध रकम सहित पक्राउ गरिएका दुबैजनालाई आवश्यक कार्यवाहीका लागी अवैध वित्तिय कारोबार (हुण्डी) शिर्षकमा मुद्दा दर्ता गरी कारवाही पक्रिया अगाडी बढाईएको पर्साकी प्रहरी उपरिक्षक एसपी गंगा पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय