राम कुशवाहा
वीरगंज १४ फागुन । पर्सा प्रहरीले मंगलबार वीरगंज महानगरको बिभिन्न ठाउबाट २७ लाख नगद सहित ४ जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका हुण्डी कारोबारीहरु संग अनुशन्धान गर्दै जादा प्रहरीको पनि संलग्नता भेटिएपछि पर्सा प्रहरीले ४ जना प्रहरीलाई आवश्यक अनुशन्धानका लागी नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ । पर्सा प्रहरीले हुण्डी कारोबारीहरु संग संलग्नता भेटिएपछि प्रहरी चौकी ईनर्वागाउका चौकी ईन्चार्ज प्रहरी सहायक निरिक्षक पुर्णे तामाङ,सोही चौकीका चौधरी थर भएका प्रहरी हवल्दार, लागु औषध व्युरोमा कार्यरत प्रहरी जवान अवधेश कुमार यादव र पर्सा प्रहरीको अपराध शाखामा कार्यरत प्रहरी जवान राजकुमार गुरुङलाई आवश्यक अनुशन्धानका लागी पर्सा प्रहरीले हिरासतमा राखेको छ । गत फागुन ७ गते बुधबारका दिन दिउसो २ बजे, भारत रक्सौलका हुण्डी कारोबारी फुल हसनको हुण्डीको, २० लाख नेपाली रुपैया एकजना भरियाले आफनो शरिरमा बेरेर, साईकलमा नेपाल तर्फ आईरहेका बेला, वीरगंज महानगरपालिकाको वडा नं १६ ईनर्वा गाउको भुटन देवी माई मन्दिर नजिकबाट भरियालाई प्रहरी चौकी ईनर्वा गाउका प्रहरी सहायक निरिक्षक पुर्णे तामाङ, प्रहरी हवल्दार चौधरी, प्रहरी जवान अवधेश कुमार यादव र प्रहरी जवान राज कुमार गुरुङले नियन्त्रणमा लिएका थिए । भरियालाई २० लाख रुपैया सहित नियन्त्रणमा लिएपनि बिचबाटो बाटै चारैजना प्रहरीले मेन हुण्डी कारोबारी फुल हसन संग फोनमा बार्गेनिङ गरी, १० लाख नेपाली रुपैया लिएर भरिया सगं रहेको बाकीको १० लाख र भरियालाई छाडेका थिए ।पर्सा प्रहरीले चारै जनाको साथबाट हुण्डी कारोबारी संग लिएको १० लाख रुपैया बरामद गरेको प्रहरीले जनाएको छ ।पर्सा प्रहरीले चारै जना प्रहरीको निति निर्देशन विपरित तस्कर, हुण्डी कारोबारीहरु संग संलग्नता देखिएकोले हिरासतमा राखी अनुशन्धान गरिरहेको एक प्रहरी अधिकृतले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times