https://youtu.be/MyY962QSmJE
बीरगंज १ चैत्र ।
भारतीय कुखुराको नेपालमा सहज तरिकाले आयत हुन थालेपछि नेपालका कुखुरा व्यवसायीहरु मारमा परेको जनाएका छन । कोरोना भाईरसको कारण भारत सरकारले बिक्रि बितरणमा रोक लगाएपछि पर्साका सिमावर्ती बजारहरुमा भारतीय कुखुरा तथा त्यसको मासुहरु सहज तरिकाले पाउन थालेको कारण पर्साका व्यापरीहरु मारमा परेको बताएका छन । पर्साका सिमावर्ती प्रहरी चौकी जानकीटोला, मिर्जापुर,टिहुकी भिस्वा,धोरे महादेवपटिमा कार्यरथ प्रहरीले आर्थीक प्रलोभनमा परि सहज तरिकाले भारतीय कुखुराहरु नेपाल भित्रीयई रहेको व्यापारीहरुको गुनासो गरेका छन् । पर्साको लङ्गडी भिस्वा जानकीटोला लगायतका ग्रामिण बजारहरुमा भारतीय कुखुराको एकछत्र रजाई रहेको छ । यसमा स्थानिय प्रहरीले चासो नदेखाएको व्यवसायीहरुको गुनासो रहेको छ । प्रति किलो ३ सय ४० रुपैया पुगेको कुखुराको मासु हालीमा समेत २ सय ४० देखि ६० सम्म वीरगंजका विभिन्न चोक तथा गल्लीहरुमा समेत सुचना टाँस गरी विक्रिवितरण भइरहेको छ । यसरी सस्तोमा विक्री हुने कुखुराको मासु भारतिय कुखुराको भएको पर्सा व्यसायीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय