पर्सा,३ चैत्र । अवैध रूपमा उत्पादन गरिएको ४ सय लिटर घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
घरेलु मदिरा नियन्त्रणको लागी थालनी गरिएको बिशेष अभियान अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताका टोलीले बीरगञ्ज बाइपास ,छपकैया विभिन्न स्थितबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिनु भयो।
घन्टाघर चोक देखि बिरगंज भन्सार सम्मबाट ४ सय लिटर लोकल रकसी बरामद गरेको छ। विभिन्न प्लाष्टिकको ग्यालनहरुमा , बोटलहरुमा घरेलु मदिरा राखी लुकाई छिपाई बेची रहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए ।
बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी लगाएतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय