बीरगंज २ चैत्र ।
वीरगंज कारागार भित्र कोरोना भाईरसको कारण उत्पन्न हुन सक्ने खतरालाई मध्यनजर गरी आजबाट कैदीबन्दी भेटघाटलाई व्यवस्थित गर्दै उच्च स्वास्थ्य सतर्कता अपनाईएको छ ।
कारागार व्यवस्थापन विभागद्वारा वीरगंज कारागारलाई गरेको परिपत्र अनुसार एक जना कैदी बन्दीलाई परिवारको एक सदस्यले बढीमा १५ मिनेट उच्च स्वास्थ्य सतर्कताका साथ भेटन पाउने व्यवस्था गरिएको छ । कैदी बन्दी भेटन आउने परिवारजनका सदस्यले अनिवार्य रुपमा हात धुनुका साथै मास्क लगाएर आउनु पर्ने तथा कैदी बन्दीले पनि मास्क लगाएर भेटने व्यवस्था मिलाईएको वीरगंज कारागारका प्रमुख श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।
भेटन आउने व्यक्ति स्वस्थ्य हुनु पर्ने, ज्वरो, रुघा खोकी लागेको हुन नहुने, कुनै पनि किसिमको खाद्य पदार्थ अर्को सूचना नभईन्जेलका लागि ल्याउन नपाईने व्यवस्था मिलाईएको कारागारका प्रमुख पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय