वीरगञ्ज – कारोना भाईरसको संक्रमणबाट बच्नका लागि मुनलाईट माविले आफ्ना विद्यार्थीहरुलाई मास्क वितरण गरेको छ । वीरगञ्ज कारागार तथा मुनलाईट माविको समन्वयमा विद्यार्थीहरुलाई मास्क तथा जनचेतनामुलक पर्चा प्रदान गरिएको हो ।
बुधबार बसेको नेपाल सरकारको कोरोना रोकथाम समन्वय समितीको निर्णय बमोजिम र प्याब्सन पर्साको आकस्मिक बैठकले जारी गरेको निर्देशनुसार विद्यालय अर्को सुचना जारी नहुन्जेल सम्मका लागि बन्द गरिएको छ ।
कारागार प्रमुख श्रवण कुमार पोखरेल, वडा नं ५ का अध्यक्ष प्रदिप चौरसिया को उपस्थितीमा विद्यार्थीहरुलाई मास्क तथा पर्चा प्रदान गरिएको थियो ।

विद्यार्थीहरुलाई प्रदान गर्न मास्क खरिद गर्न जाँदा बजारमा मास्कको अभाव देखिएका कारण केही मास्क कारागार कार्यालय पर्साले सहयोग स्वरुप प्रदान गरेको विद्यालयका प्रबन्ध निर्देशक सुलभ के.सीले बताए । कारागारबाट मास्क प्राप्त भएपछि केही राहत महशुस भएको उनको भनाई छ ।
बजारमा भेटिएका मास्क उचित मुल्यभन्दा दोब्बर(तेब्बरमा खरीद गर्नुपरेको उनले बताएका हुन् । सरकारले बजारमा कालोबजारी विरुद्धको अनुगमन तीब्र पारेको बताएपनि बजारमा कालोबजारी व्याप्त रहेको केसीको गुनासो छ ।

विद्यार्थीहरुलाई प्रदान गरिएका केही मास्क कारागार भित्र रहेका कैदिबन्दीहरुले बनाएको कारागार प्रमुख पोखरेलले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कारागार प्रमुख पोखरेलले बजारमा मास्कको अभाव भएका बेला कैदीबन्दीहरुले मास्क बनाउन सुरु गरेको बताए ।

उनका अनुसार बजारमा उचित मुल्यभन्दा दोब्बरमा मास्क बेचिएपनि कैदीबन्दीहरुले बनाएका मास्कको मुल्य बढीमा २० रुपैया कायम गरिएको छ् । महामारीका बेलामा विद्यालयले आफ्ना विद्यार्थीहरुलाई मास्क प्रदान गर्नु सराहनिय कार्य भएको भन्दै उनले विद्यालयको उच्च प्रशंसा गरेका थिए ।
कार्यक्रममा वडा नं ५ का अध्यक्ष प्रदीप चौरसिया, विद्यालयका प्रधानाध्यापक श्याम केसी लगायतकाले कोरोनाबाट बच्ने उपायका बारे प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण सञ्जारकर्मी उज्जवल शर्माले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय