वीरगंज ९ चैत्र ।
कोभिड १९ अर्थाथ कोरोना भाईरस अहिले विश्वमा महामारीको रुप लिई रहेको छ । विश्वमा नेपाल बाहेक अन्य १८० भन्दा बढी मुलुकहरुमा कोरोनाको लक्षणहरु देखिएको छ भने हजारौ मानिहरुसले यस महामारीबाट आफनो ज्यान समेत गुमाइ सकेका छन ।
विश्व स्वास्थ्य संगठनले नेपाल पनि यस महामारीको चपेटामा आउन सक्ने र उच्च जोखिममा रहेको बताए पछि नेपाल सरकारले उच्च सतकर्ता अपनाउन थालेको छ ।
आफनो समाजिक उत्तरदाष्त्विलाई मन्न गर्दै जी.पी.कोईराला फाउण्डेशन पर्साले आफनो कार्य निर्वाह गर्दै आएको छ । यही यथावत कुराहरुलाई लिएर फाउण्डेशन पर्साले पर्साका विभिन्न स्थानहरुमा आफु पनि बाचौं र आफनालाई पनि बाच्न दिउ भन्ने नाराका साथ सचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ ।
वीरगंजको माइस्थान तथा घण्टाघर क्षेत्रका यात्रु तथा स्थानिय व्यपारीहरुलाई माक्स र सेनिटाइजर वितरण गरेको छ । कोरोना भाइरसबाट बाच्न माक्स प्रयोग गर्न र सामान खरिद, बक्री गर्दा, पैसा लिदा वा फिर्ता गर्दा सेनिटाइरजरको प्रयोग गर्ने विधि सिकाएको संस्थाका सदस्य जितेन्द्र सिंहले बताए । यही र्कायक्रमलाई निरन्र्तता दिदै फाउण्डेशन पर्साले भालि विहान वीरगंजको विभिन्न स्थानहरुमा स्यानेटाईजर तथा माक्स वितरण गर्ने भएको संस्थाका सदस्य धिरज गुप्ताले बताएका छन ।
फाउण्डेशन पर्साका सदस्य हरिन्द्र यादवले फाउण्डेशनले वीरगंजको घण्टाघर,माईस्थान चौक लगायतका स्थानमाहरुमा सेनेटाईजरको प्रयोग विधि सिकाएका छन भने यस महामारीबाट बच्नका निम्ति चेतना मुलक पोष्टरहरु शहरका विभिन्न स्थानहरुमा लगाइएको बताएका छन ।
कार्यक्रमको संयोजक्तव फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गरेका थिए भने फाउण्डेशनका कोषाध्यक्ष मनोहर साह,फाउण्डेशनका नगर सभापति आकाश चौहान नेपाली काग्रेंस बुथ वडा कार्य समिति ३ का सभापति शेख नेजामुदिन , स्थानिय समाजसेवी शेरु उर्फ मेहबुब आलम, पप्पु सिंह, सुनिल सिंह,सेराज अंसारी, शेख बसरुदिन, रुस्तम मिया मंसुरी लगायतका र्कायक्रताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय