
राम कुशवाहा
बीरगंज १३ चैत्र ।
सरकारकोे निर्णय अनुसार आज तेस्रो दिन पनि पूरै देश लकडाउन भएको छ । देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो । यसैबिच कोरोना भाइरस (कोविड १९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको एक साताको लकडाउनको तेश्रो दिन बारा पर्सा रौतहट लगायत प्रदेशका अन्य जिल्लाहरु पूर्ण रुपले बन्द भएको छ । यता विरगंज बजार पनि बिहानै देखी पूर्ण रुपले बन्द रहेको छ । बजारमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन भने अत्यावश्यक औषधी, दूध तथा ग्यासका पसलहरु भने खुलेका छन । बजारमा मानिसको चहलपहल बन्द गराउन बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिती रहेको छ । बिरामी, औषधी तथा खाद्यान्न किनमेल गर्न निस्किएका स्थानीयलाई प्रहरीले केही सहुलियत प्रदान गरेको छ । लकडाउनको बेला घुमफिरका उदेश्यले निस्कनेहरुप्रति भने सुरक्षाकर्मीहरु कडा रुपमा प्रस्तुत भएका छन् ।
एम्बुलेन्स, औषधीको गाडीमा रोक लगाइएको छैन । ग्रामिण भेगका बजार पनि ठप्प रहेका छन । कोराना त्रासका कारण स्थानीयहरु घर भन्दा बाहिर निस्किीएका छैनन । अत्यावश्यक यातायातका साधन बाहेक अरु सबै सेवाहरु ठप्प रहेको जिल्ला प्रशासन कार्यालय पर्साका सुचना अधिकारी ललित कुमार बस्नेतले बताउनुभयो । जिल्लाको प्रत्येक चौक चौकमा प्रहरी खटाईएको छ । लकडाउनको अवहेलना गर्ने लाई कतिपय स्थानमा प्रहरीले सामान्य बल समेत प्रयोग गरेकोछ । सुचना अधिकारी बस्नेतका अनुसार अत्यावश्यक खाद्य सामागी्र बिक्रि बितरणको लागि किराना पसरलहरु बिहान ९ बजेदेखि साझ ५ बजेसम्म मात्र खोल्ने ब्यबस्था मिलाइएकोे छ ।