राम कुशवाहा
वीरगंज १५ बैशाख ।
पर्सा प्रहरीले २५ टन छोकडा सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले आईतबार राती ७ बजेको समयमा ना ५ ख ९८५९ नम्बरको (२५ टन) ५०० बोरा छोकडा बोकेको ट्रक रजतज्यन्ती चौकबाट नियन्त्रणमा लिएको छ । सिमा प्रहरी चौकी ईनर्वाका ईन्चार्ज प्रहरी नायव निरिक्षक बैद्यनाथ दासको कमाण्डमा खटेको टोलीले रजतज्यन्ती चौक बाट (२५ टन) ५०० बोरा छोकडा बोकेको ट्रक नियन्त्रणमा लिएको हो । परवानीपुरबाट २५ टन छोकडा बोकेको ट्रक वीरगंज मालपोत चौक पुग्नु पर्नेमा वीरगंज महानगरपालिकाको वडा नं १६ रजतज्यन्ती चौक पुगी रक्सौल जान खोजेपछि ट्रक ड्राईभर वीरगंज महानगरपालिका वाड नं १६ बस्ने बिशाल क्षेत्री सहित छोकडा बोकेको ट्रक नियन्णमा लिएको पर्सा प्रहरीले जानकारी दिएको छ । पक्राउ गरिएको छोकडा बोकेको ट्रक र ड्राईभरलाई आवश्यक कार्यवाहीका लागी वीरगंज भन्सार पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।सई बैद्यनाथ दास ईनर्वा प्रहरी चौकीमा ईन्चार्जको रुपमा गएको ४ दिनमै छोकडा तस्करीको जालो तोडेका छन ।ईनर्वा प्रहरी चौकीका सई बैद्यनाथ दासको सक्रियताले ठुलोमात्रामा छोकडा बरामद गर्न सफल भएको हो । कोरोना महामारीले देश लकडाउनमा रहेको बेला पनि तस्करहरुको सक्रियता बढेको पाईएको छोकडा पक्राउ पर्नुले पुष्टी गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times