वीरगञ्ज २६ बैशाख ।

पर्सा प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हाले देखी नै तस्करी शब्द समेत सुन्न नचाहने एसपी गंगा पन्त लगाएत उनको टिमले तस्करी निस्तेज पार्ने अभियान सुरु गरेपछि प्रहरीको बदनामी गर्न केही समुह सक्रिय भएका छन ।

सिमा आर पार हुने तस्करीका कारण चर्चामा रहने पर्सा जिल्लाका कारण प्रहरी बारम्बार बदनाम हुदै गएको स्थितीलाई ध्यानमा राखेर पर्सा प्रहरी प्रमुख गंगा पन्त र वहाँको टिमले तस्करी निस्तेज पार्ने अभियानमा लागेको प्रहरीले तस्करीका विभिन्न माल समान धमाधम पक्राउ गर्नाले पनि यस्को पुष्टि हुन्छ ।

अवैध स्रोत नखुलेको हुण्डी रकम, लागुऔषध गाजाँ ,चरेश सहित कारोबारी, फरार प्रतिवादी, भन्सारी चोरी पैठारीका समान लगाएत विभिन्न माल समान पक्राउ गरिरहेको छ ।

प्रहरी उपरिक्षक गंगा पन्तले आफुले कसैको दबाव तथा प्रभावमा कुनै काम नगर्ने अडान लिएको कारण कानुनले वर्खिलाप गरेका अवैध गतिविधि नियन्त्रण गर्नुका साथै प्रहरीलाई आफनो प्रभावमा पारेर गलत काम गर्ने समुहहरुको केही नचलेपछि पर्सा प्रहरीको बदनामी गराउन नवारनको बल लगाएका छन ।

विगतमा आर्थीक प्रभावमा पारेर केही प्रहरी अधिकृतहरु संग लखनउ लुट मचाउन उद्धत गलत गतिविधिमा लागेका केही व्यक्तीहरुलाई फाइदा पुर्याउने गरेकोले सोही अनुरुप केही तस्कर समुहले अहिले पनि त्यही अवस्था बनाउन तिकडमबाजी गरिरहेका छन ।

तर उनीहरुको हरेक चाललाई मन्सायलाई निस्तेज पार्ने कार्यमा पर्सा प्रहरी पनि कम्मर कसेर लागेको छ । पर्सा प्रहरीको क्राईम ब्रान्च टोलीको नेतृत्व सम्हाले देखीनै प्रहरी निरिक्षक रविभुषण यादवले अवैध गतिविधिमा लागेकाहरुको लागी त्रासको वातावरण बनाई दिएका छन ।

तत्कालीन पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले पर्सा क्राईम ब्रान्चको जिम्मेवारी सई विदुर शिवाकोटीलाई दिए संगै पर्सामा तस्करी धन्धा धेरै हद सम्म मौलाएको थियो । तस्करसंगको साठगाठका कारण क्राईम ब्रान्चको लगभग ५ जना प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले कार्वाहीका लागी तानेको थियो जस्मा एकजनालाई निलम्बन समेत गरेको थियो ।

सई शिवाकोटी हुदा जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च शाखा बाटै तस्करीबारे मोलतोल हुन्थ्यो अहिले भने अवस्था फरक छ एसपी गंगा पन्तले तस्करहरु संग कुनै किसिमको सहकार्य नगर्ने र यदी मेरो प्रहरीले गरेको भेटिए तत्काल निलम्बन गर्ने उर्दी जारी गरेपछि प्रहरी युनिट इन्चार्जहरु पनि तस्कर संग साठगाठ त परै जावोस उनीहरुको नाम समेत सुन्न चाहदैनन ।

तस्करी कार्यमा लागेकाहरु अहिले केहीले अन्य पेशा व्यवसाय रोजेका छन भने कोई पर्साबाट पलायन भएका छन । प्रहरीले चाहयो भने अपराध नियंत्रण गर्न सकिन्छ भने उदाहरणको रुपमा अहिले पर्सा प्रहरीले कार्य गरिरहेको छ ।

अपराध नियंत्रणकालागि प्रहरीले बनाएको क्राइम ब्रान्चले चाहेको खण्डमा आम नागरिक , उद्योगी व्यवसायीले राहत महशुस गर्न सकने किसिमले अहिले पर्सा क्राईम ब्रान्चले काम गरिरहेको देखिन्छ ।

क्राइम ब्रान्चको प्रमुखमा प्रहरी निरीक्षक रविभुषण यादवको काम गर्ने शैलीले विगतमा भएका अपराधीक घटनाका दोषीहरु पनि धमाधम पक्राउ परि कार्यवाहीमा परेका छन् ।

अपराधका साथै खुल्ला सिमामा हुने तस्करी नियन्त्रण अभियानमा पनि प्रहरी जुटेको छ । केहि समय यता प्रहरीले भन्सार छली भित्रियाइएका माल समान नियन्त्रणमा लिएर भंसार दाखिला गर्न थालेपछि तस्करहरुमा समेत त्रास देखिएको छ ।

अपराधीक गतिविधी एवम तस्करी नियन्त्रणमा कुनै प्रकारको सम्झौता नगर्ने अठोट लिएका प्रहरी निरिक्षक यादवले विभिन्न समस्या लिएर जिल्ला प्रहरी कार्यालय पर्सा पुग्ने सेवा ग्राही संग गर्ने मधुर व्यवहारले पनि पर्सावासीबाट उनी प्रसंशा पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय