बीरगंज २६ बैशाख ।
जिल्ला प्रसासन कार्यालय पर्साले लकडाउनको अबधीमा सञ्चालन हुने अत्याबश्यक सवारी साधनलाई इपास उपलब्ध गराउने भएको छ । कार्यालयले इपास सम्बन्धी बिहिबार सूचना जारी गर्दै कार्यालय नआइकन जो जहाँ छ त्यहिबाट आवश्यक व्यक्तिले इपास लिन सक्ने व्यवस्था मिलाईएको जानकारी गराएको छ । सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउनको अवधि जेठ ५ गते सम्म लम्बिएकाले विभिन्न मितिमा जारी गरिएका सवारी पासको अविध अधिकतम आज सम्म मात्र रहेकोले आज देखि त्यस्ता पास स्वत खारेज हुने समेत जानाइएको छ । सुचनामा अति आवश्यक काम परेका व्यक्तिले मात्र इपासको लागि आवेदन दिन अनुरोध गरिएको छ । पासलिन अव जिल्ला प्रशासन कार्यालय धाइरहने समस्या भने अव हटेको छ । यसकालागी मोबाइलको एसएमएस बक्समा गइ १११२ मा ब्द्यऋ वा १२३ लेखी एसएमएस गर्ने त्यसपछि रिप्लाईमा आएको लिंकलाइ  खोली सबै विवरण भरी तथा आवाश्यक कागजात अपलोड गरी आवेदन सबमिट गर्ने वा विवरण पेश गर्ने जनाइएको छ । साथै कार्यालयबाट जारी गरिएको पास भए नभएको एकिन गर्न ख पास नम्बर टाइप गरी १११२ पठाइ जाँच गर्न सकिनेछ । पास जारी गर्नुपर्ने औचित्यपूर्ण कारण देखिएमा मात्र पास जारी गरिने र त्यसको जानकारी सम्बन्धित व्यक्तिको मोवाइलमा एस.एम.एस.मार्फत पठाइने सुचनामा जनाइएको छ । साथै जिल्लामा एकपछि अर्काे कोभिड १९ का संक्रमितहरू देखापर्दै गएकोले यसको संक्रमण अरूतिर विस्तार हुन नदिन तथा यसको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाइ प्रभावकारी बनाउन अति आवश्यक अवस्थामा बाहेक यातायातका साधन संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय