राम कुशवाहा
वीरगंज २९ बैशाख ।
पर्सा प्रहरीले पत्रकारमाथी गरेको दमन तथा दुव्र्यवहारको विरुधमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले आज देखी आन्दोलन सुरु गरेको छ । पर्साका पत्रकारहरुले आज वीरगंजको घण्टाघरमा प्रहरीको विरुधमा एक घण्टा धर्ना दिएका छन । वीरगंजका पत्रकार तिवारी यादवलाई हिजो विना कारण प्रहरीले पक्राउ गरि चार घण्टा पछि रिहा गरेको थियो । दोसी प्रहरी माथी कार्यवाही नगरे सम्म आफनो आन्दोलन जारी रहने पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले बताउनु भयो ।वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु तथा ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक कमलराज पंडितलाई कार्यवाहीको मांग गर्दै पर्साका संञ्चारकर्मीहरु आन्दोलनमा उत्रिएका हुन । धर्नामा पत्रकार महासंघ प्रदेश नं २ का प्रदेश अध्यक्ष दिपेन्द्र चौहान, वरिष्ट पत्रकार लालबाबु शेख, प्रेस युनियन पर्साका अध्यक्ष रामनारायाण कुर्मी, संघिय प्रेस फोरमका अध्यक्ष आरके पटेल,लगायत विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरुको बाक्लो सहभागिता रहेको थियो । हिजो वीरगंजको लिंक रोड स्थित नारायाणी एफ.एम स्टेशनको प्रवेशद्धार अगाडी बाट पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।एफ.एम.स्टेशनको प्रवेशद्धार छेउकै सडक पेटिमा पत्रकार यादवको मोटरसाईकल पार्किङ गरिराखिएकोमा प्रहरीले सडक पेटीमा राखिएको मोटरसाईकल हटाउने विषयमा विवाद हुदा प्रहरीले उनलाई पक्राउ गरेको थियो । नेपाल पत्रकार महासंघ प्रदेश २ समिति सहित पत्रकार सम्वध संग संस्थाले दबाब दिएपछि उनी रिहाभएका थिए ।यादवलाई रिहा गरेपनि उनको मोबाईल भने फिर्ता गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय