बीरगन्ज, ६ जेठ – बीरगञ्जको बसपार्कमा दूध किन्न घरबाहिर निस्केका एक होटल व्यवसायीको खुट्टा भाँच्चिने गरी कुटपिट गरेकोे आरोप लागेका प्रहरी प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् ।लकडाउनको समयमा बाहिर निस्केको भन्दै बीरगञ्ज महानगरपालिका १६ निवासी होटल व्यवसायी नागेन्द्र पटेललाई बसपार्कमा ड्यूटिमा खटिएका असई लालबाबु साहले लाठीले प्रहार गरेका थिए । लाठी प्रहारबाट ६७ वर्षीय पटेलको खुट्टा नै भाँच्चिएपछि लाठी प्रहार गर्ने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरज प्रताप सिंहले जानकारी दिए ।पटेललाई बसपार्कमा डयुटिमा खटिएका असई साहले लाठी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउँदै सिंहले उनलाई प्रदेश प्रहरी कार्यालयमा तानिइसकिएको बताए । यहीँ राखेर उनले लाठी प्रहार गरेको सन्दर्भमा अनुसन्धान गरिने र दोषी पाइए कारबाही गर्ने सिंहले बताए ।सिंहले यस्ता क्रियाकलापमा संलग्न नहुन प्रहरीलाई सचेत गराएका छन् ।साभार-नेपाल पोस्ट डेलि डटकम
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times