बिरगंज ।
विश्वभरी नै फैलिएको कोरोना भाईरस महामारीको बेला ग्रामीण क्षेत्रहरूबाट आफ्नो ज्यान जोखिममा राखेर पत्रकारीता गर्ने ३ जना ग्रामीण संवाददातालाई पर्सा सखुवा प्रसौनी गाउँ पालिकाबाट पत्रकारलाई सरसफाइ स्वास्थ सुरक्षा सामग्री गाउँ पालिकामा पत्रकारलाई बोलाएर हस्तान्तरण गरिएको गाउँ पालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद यादवले बताए । सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल, उपाध्यक्ष फुलमती देवी चौधरी र वडा अध्यक्षहरुको रोहवरमा स्वास्थ सुरक्षा सामाग्री प्रदान गरिएको समाजिक विकास शाखा प्रमुख विनोद यादवले बताएका छन् अध्यक्ष जैसवालले आफ्नो गाउँ पालिका भित्र पर्ने पत्रकारलाई सुरक्षा गर्ने पालिकाको प्रमुख दायित्व रहेको भन्दै स्वास्थ सुरक्षा सरसफाइ सामाग्री दिएको हो उनीहरु गाउँ पालिला भित्र भए गरेका समपुर्ण गतिविधि देश विदेश सम पुर्याउने माध्यम हुन । कुनै पनि ठाउँ मा समाचार संकलन गर्नजादाँ आफू सतर्क रहेको समाचार संकलन प्रकाश गर्ने सुझाव दिएका थिए । पालिकाका तिन जना पत्रकारहरु प्रमोद यादव,रामकोशोर चौधरी,चिरञ्जीवी यादव पालिला भित्रका पत्रकार हुन उनीहरुलाई पिपिई १सेट,१ डिब्बा सेनिटाईजर, १ डिब्बा माक्स,१ पकेट पान्जा,( गोल्बस)५ वटा साबुन,जुता,चस्मा, लगाएतको सामग्री गाउँ पालिका भित्रका सक्रिय पत्रकारलाई दिएको गाउँ पालिका अध्यक्ष जसवालले बताएका छन् ।पत्रकार विना देशको कुनै पनि ठाउँको सूचना समाचार हरेकको घर घरमा पुगन नसकने भएकोले पत्रकार एउटा ठूलो जिम्मेवारी पेसाको सब कदर गर्नु पर्ने विषयमा जोड दिएका थिए । पत्रकारलाई जोखिम बाट बचाउन स्वास्थ सुरक्षा सरसफाइ सामाग्री दिएको हो । तर त्यस्ता जिम्मेवारी निर्वाह गर्ने संन्चारकर्मी,स्वास्थकर्मी, प्रहरी लाई दिनरात खिटिनेहरुलाई उच्च मनोबल बढाउनको उनीहरुलाई सबैले साथ र सहयोग समान गर्नु पर्ने आवश्यकता रहेको सखुवा प्रसौनी गाउँ पालिकाको अध्यक्ष प्रदीप कुमार जैसवालले बताएका छन् ।सरकारले जारीगरेको लकडाउको सबैले पलना गर्नु पर्ने गाउँ पालिका बासीलाई उहाँले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय