बीरगंज ४ असार ।
आर्थिक रुपमा टाट पल्टिएको भनिएको वीरगंज महानगरपालिकाले सुविधाका लागि थप ५ वटा मोटर साईकल खरिद गरेको विषयले अहिले वीरगंजमा चर्चा पाएको छ । राजस्व, कर, उठन नसक्दा कर्मचारीलाई तलब खुवाउन समेत नसकि रहेको अवस्थामा लकडाउनले चौतर्फी प्रभाव परेको र कोरोना परिक्षण हुन नसक्दा नगरवासी आक्रोशित भई रहेको बेला महानगरपालिकाले सुविधाका लागि भन्दै ५ वटा मोटर साईकल खरिद गरेपछि नगरवासी आक्रोशित भएका छन् । यता बीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले हाल महानगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, पशु, सहकारी लगायतका फाँटमा समायोजन भएर लोकसेवा आयोगबाट सिधै प्रतिस्पर्धा गरी आएका तथा पुराना गरी ४०÷५० जना भन्दा बढी अधिकृतहरु रहेको र उनिहरुलाई फिल्डमा खटाउनका लागि मोटर साईकल आवश्यक परेको हुँदा कर्मचारीका लागि खरिद गरिएको बताउनु भयो । उहाँले फिल्डमा खटाउने कर्मचारीलाई अझै ठूलो संख्यामा मोटर साईकल आवश्यक पर्ने र महानगरपालिकामा बजेट नहुँदा ५ वटा मात्रै खरिद गरिएको जनाकारी दिनुभयो । फिल्डमा खटिने कर्मचारीको लागि मोटर साईकल आवश्यक पर्छ तर महानगरपालिकाले पिसिआर खरिद गर्न नसकि आम उद्योगी व्यवसायि सर्वसाधारण सँग चन्दा माग गरि पिसिआर खरिद गरेको अवस्थामा सुविधाका मोटर साईकल त्यसमा माथि पनि महंगो मुल्यको एफजेड मोटर साईकल खरिद गर्नुले नगरपालिकाको नियत माथि प्रश्न चिन्ह उठेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय