राम कुशवाहा
बीरगंज १० असार ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले सिमा क्षेत्र सिल गरेको भए पनि विगत केहि समय यता पर्साको छपकैया, अलौ, सिर्सिया लगायत ग्रामिण नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नतामा व्यापक रुपमा तस्करी भई रहेको छ । सिमा सुरक्षाको लागि खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नतामा पर्साको ईनर्वा, छपकैया, अलौ, सिर्सिया, जानकी टोला, अमरपट्टि, ठोरी, बुडगाई, धोरे लगायतका सिमा नाकाबाट व्यापक रुपमा तस्करी भई रहेको छ । लकडाउनमा सबैको ध्यान केन्द्रित भएकै बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका सिमा क्षेत्रका युनिटहरुले ठूलो परिणाममा तस्करी गराई रहेको श्रोतले जनाएको छ । वीरगंजको छपकैया नाकाबाट दिनेस, बेचु, अहमद, मोछु, भन्ने व्यापारीहरुले नेपालबाट मदिरा, मरिच, छोकडा, भारत तर्फ तस्करी गरिरहेका छन भने भारतबाट नेपाल तर्फ रजनिगन्धा, पान मसाला, कपडाको तस्करी गर्दै आईरहेका छन, त्यसैगरी अलौ बाट खैनीको तस्करी भईरहेको छ भने, ईनर्वा गाउ बाट मुना भने व्यापारीले भारतबाट हार्डवेयरको तस्करी गरी नेपाल तर्फ प्रहरीकै मिलेमतोमा भित्रियाईरहेको पाईएको छ । सिमा प्रहरी चौकी छपकैयाका सई बिनोद राणा र शिक्षा अफिसका शसस्त्र प्रहरी निरिक्षक गणेस भट्टलाई लाखौको महिनावारी बुझाएर तस्करी कार्य सुरु गरेको श्रोतको दावी छ । लकडाउनले काम गर्न नपाएपछि दुई छाक टार्न स्थानियलाई धौ धौ परिरहेको बेला केहि तस्करहरुले सिमामा खटेका प्रहरीहरुलाई आफनो प्रभावमा पारेर व्यापक रुपमा भारतबाट खाद्यान्न, दैनिक आपूर्तिका सामान, कपडा, इलेक्ट्रोनिक सामान, रासायनिक मल लगायतका वस्तुहरु नेपाल तर्फ आयात गर्ने र नेपालबाट विभिन्न व्राण्डका मदिरा, छोकडा, केराउ, लगायतका सामानहरु भारत तर्फ तस्करी गराईरहेको खुलेको हो । भारतको बिहार राज्यमा बिहार सरकारले मदिरा विक्री वितरणमा पूर्ण रुपले प्रतिबन्ध लगाईएको छ । सिमावर्ती विहारका बजारहरुमा अहिले नेपालबाट अवैध रुपमा भित्र्याईने मदिराको माग भएको हुँदा दुवै सिमा क्षेत्रका तस्करहरुले तस्करी मार्फत ओसारेको मदिरा चर्को मुल्यमा खरीद विक्री हुने गरेकोले बढी मुनाफा भएपछि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नतामा नेपालबाट भारत तर्फ ठूलो परिणाममा मदिरा जाने गरेको छ । भारतबाट पर्साको ग्रामिण नाकाहुदै आएका कपडाहरु सिधै अलौ, सिर्सिया बाट परवानीपुर हुदै जितपुर जाने भएको हुँदा अहिले वीरगंज बजारमा भन्दा जीतपुर बजारमा सस्तो मुल्यमा मालसामान पाउने भएपछि नारायणघाट, हेटौडाबाट वीरगंज आउने उपभोक्ताहरु उतै रोकिने गरेका छन् । यता ठोरी नाकाबाट तस्करहरुले राजस्व छलेर ठूलो परिणाममा दैनिक उपभोग्य सामान माडी हुदै नारायणघाट सम्म लैजाने गरेको श्रोतले जनाएको छ । तस्करीको कार्य गर्ने व्यापारीहरुले जिल्लाबाट खटने क्राईम टोली, क्युआरटी टाईगर टोली, विर्ता वडा प्रहरी कार्यालयबाट खटने टाईगर टोलीलाई महिनाबारी बुझाएर तस्करी कार्य सुरु गर्ने गरेका छन । पर्सा जिल्लाको नाकाबाट तस्करी हुनुमा पर्सा क्राईम शाखाको भुमिका बढि हुने गरेको पाईएको छ ।यस तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times