वीरगञ्ज।
जनकपुर उप—महानगरपालीका वडा नम्बर १९ बाउन बिगहा स्थित बाट एक थान कटुवा पेस्तोल सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकनन्दनी गाउपालीका १ घर भई हाल जनकपुर उपमहानगरपालीका १ बस्ने वर्ष १७ को श्याम सहनी रहेका छन ।

विषेश सुचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले प्रदेश२(०२(००१ प ३९१४ नम्बरको मोटरसाईकलमा सवार भई आएका सहनीको साथबाट कटुवा पेस्तोल बरामद भएपछि नियन्त्रणमा लिइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

कटुवा पेस्तोल सहित पक्राउ परेका सहनीलाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय धनुषामा राखीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय