वीरगंज, असार १५ । लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस र सेन्ट्रल सिटीको लायन वर्ष २०२०/२१ का लागि निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको संयुक्त रुपमा पद हस्तान्तरण आज एक कार्यक्रमकाबीच वीरगंजको स्वीमिङ्ग पुल परिसरमा सम्पन्न भएको छ ।
विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सामाजिक दुरी कायम गर्दै पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका पुर्व डिष्ट्रक्ट गभर्नर लायन डा. रामअवतार खेतानले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई खादा, अबिर र लायन्स क्लबको पिन लगाई आउने कार्यकालकालागि बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।
त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लबका सिनियर डिष्ट्रक्ट एडभाइजर लायन देवकी नन्दन अग्रवालले ग्रीन क्याम्पस र सेन्ट्रल सिटीले लायन वर्ष २०१९/२० मा गरेका सामाजिक गतिविधिहरुको बारेमा चर्चा गर्दै अहिलेको वर्तमान अवस्थामा विश्वलाईनै आक्रान्त पारेको कोरोना महामारीको समयमा सामाजिक दुरीको पालना गर्दै कार्यक्रम सम्पन्न गरेकोमा प्रशंसा समेत गर्नु भएको थियो ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि लायन्स क्लबका डिष्ट्रक्ट एडभाइजर लायन उमेश साह कानुले ग्रीन क्याम्पस र सेन्ट्रल सिटीले लायन वर्ष २०१९/२० मा सफलतापुर्वक सम्पन्न गरेका सामाजिक कार्यक्रमहरु निर्वाचित नयाँ कार्यसमितिले पनि नयाँ जोश, जाँगर र थप उर्जाका साथ ऐतिहासिक रुपमा सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिनु भएको थियो ।
लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष लायन विजय कुशवाहा एवं सेन्ट्रल सिटीकी अध्यक्ष लायन सपना मित्तल अग्रवालको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्रीन क्याम्पसको तर्फबाट लायन वर्ष २०२०/२१ कालागि निर्वाचित अध्यक्ष लायन प्रजय अग्रवाल, प्रथम उपाध्यक्ष किरणकुमार अग्रवाल, सचिव धिरज गुप्ता, कोषाध्यक्ष देवेन्द्र रन्जन, सेन्ट्रल सिटीको तर्फबाट वर्ष २०२०/२१ कालागि निर्वाचित अध्यक्ष लायन आश्मा सिंह यादव, सचिव प्रिया जोशी, कोषाध्यक्ष सलमा खातुनलाई नयाँ कार्यकालको लागि बधाई सहित पद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा लायन वर्ष २०२०/२१ कालागि डिष्ट्रक्ट क्याबिनेटको विभिन्न पदहरुमा मनोनित हुनु भएका लायन डा.रामअवतार खेतान, देवकी नन्दन अग्रवाल, उमेश साह कानु, गुड्डी जोशी, रविशंकर सर्राफ, विजय कुशवाहा, सपना मित्तल अग्रवाल, विजया आझैयालाई सम्मानित गरिएको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लबकी जोन चेयर पर्सन लायन विजया ओझैया र धन्यवाद ज्ञापन लायन्स क्लबकी डिष्ट्रक्ट कोर्डिनेटर लायन गुड्डी जोशीले गर्नु भएको थियो ।