बीरगंज ३ सावन ।
हिन्दू परिषद नेपाल बीरगंज नगर कमिटी द्वारा आज घण्टाघरमा प्रधानमंत्री केपी ओलीको पुतला जलाएको छ।भगवान श्रीरामको जन्म बारे दिएको बिबादित अभिब्यक्तिको कारण चौतरफी आलोचना भई रहेको छ।नेपाल र भारतको धार्मिक सांस्कृतिक सम्बन्ध लाई तोड़ने हिसाबले भगवान श्रीराम माता जानकी लाई बाटने हिसाबले दिएको अभिब्यक्तिको कारण देश भरी हिन्दू परिषद नेपालले विरोध प्रदर्शन गर्दै आएको छ।आज बीरगंज भएको विरोध प्रदर्शनमा हिन्दू माथिको दमन बन्द गर,ओमकार परिवार एक होऔ,हिन्दू राष्ट्र कायम गर,धर्म बेचने दलाल नेताहरु मुर्दाबाद, भगवान श्रीराम माता जानकी लाई बाटन पाईदैन,धर्म-निरपेक्षताको आडमा गुण्डागर्दी बन्द गर,केपी ओली मुर्दाबाद, प्रधानमंत्री आफ्नो अभिब्यक्ति फिर्ताले,नेपालीहरुको पहिचान कायम गर भन्दै नारावाजी समेत गरेको थियो।हिन्दू परिषद नेपाल बीरगंज नगर अध्यक्ष प्रमोद सिंहको अगुवाईमा भएको विरोध कार्यक्रममा केन्द्रिय अध्यक्ष संतोष पटेल,महासचिव अनिरुद्ध सिंह,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु सुरेश साह कानू, श्रीराम उपाध्याय, लालबाबु प्रसाद कुर्मी, सचितानंद दुबे,भरत सरार्फ,पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,सचिव अंशु कुमार प्रजापति,बीरगंज नगर उपाध्यक्ष अजय गुप्ता,सह-सचिव रंजीत चौरसिया, रामराज्य परिषद नेपालका केन्द्रिय संयोजक धर्मेंद्र पटेल,केन्द्रिय सदस्यहरु रम्भा मिश्रा, उषा श्रीवास्तव,पर्सा जिल्लाका अजय सिंह,अमृता झा,मिथलेश सिंह,अनिल पटेल,शेष हाजरा सहितको सहभागी रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय