बीरगंज २१ साउन ।
वीरगंजमा समुदाय स्तरमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थानिय प्रशासनले घोषणा गरेको अनिश्चितकालिन निषेधाज्ञाको कारण भोकभोकै भएका गरिव असहायहरुलाई आजबाट साहिबदरवार सेवा संस्थान, समर्पण सेवा संस्था, स्टार सेरामिक्स प्रा.लि.द्वारा निःशुल्क भोजनको व्यवस्था गरिएको छ । जटिल विश्वमै कोरोना महामारी निशुल्क भोजन हाम्रो जिम्मेवारी नाराका साथ आजबाट दोश्रो चरणमा पुनः गरिव असहायहरुलाई भोजन वितरण कार्यक्रम सुरु गरिएको संस्थाका सल्लाहकार राजेशमान सिंहले बताउनुभयो । सो अवसरमा आज वीरगंजका विभिन्न स्थानमा भेटिएका १ सय ३० असहाय अनाथलाई खाना खुवाईएको सिंहले बताउनुभयो । खाना खुवाउने अभियानमा साहिब दरवारका रूपेश मान सिंह, अफरोज आलम, राहुल तुल्स्यान, किशोर सिंह, विक्रम नगरकोटी, ठकुरी, कलाम मंसूरी, मनिष ठकुरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय