वीरगंज २३ साउन । नेपाल प्रहरीको आचरण विपरीत काम गरेको अभियोगमा प्रदेश २ प्रहरी कार्यालयले सर्लाहीको मोहनपुर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) सुरेश सहनीलाई निलम्बन गरेको छ ।
“सहनीको व्यक्तिगत आचरण तथा व्यवहार नेपाल प्रहरीको व्यवसायिक नीतिविरुद्ध भएको यथेष्ट प्रमाण भेटिएको हुँदा निजले झुठा प्रमाण संकलन गर्न सक्ने, आफूविरुद्धको सबुद प्रमाणहरु नष्ट गर्नसक्ने सम्भावना देखिएकाले तत्काल निलम्बन गरिएको हो” प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अंशु कुमार सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नेपाल प्रहरीले भ्रष्टाचार तथा आर्थिक अनुशासनविरुद्ध शून्य सहनशिलता अख्तियार गर्दै आएको उल्लेख गर्दै सिंहले प्रहरीको व्यवसायिक नीति विरुद्ध गतिविधि गर्ने जोकोहीलाई कारवाहीको दायरामा ल्याउने विज्ञप्ती मार्फत चेतावनी दिएका छन् । साभार— बाह्खरी डटकम