पर्सा ६ भदौ
राष्ट्रिय एकता अभियान पर्साले प्रदेश सरकार विरुद्ध वीरगन्जमा विरोध प्रर्दशन गरेको छ । रौतहट स्थित हनुमान मंदिरका पुजारी सन्त श्रीराम साहको निर्ममता पूर्वक हत्या गरेको विरोधमा अभियानले वीरगन्ज २१ परवानीपुर बजारमा प्रर्दशन गरेका हुन ।
अभियानका कार्यकर्ताहरुले प्रदेशमा शान्ति सुरक्षाको प्रत्याभुत दिलाउँन असफल रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजिनामाको माग समेत गरेका छन । प्रदेशमा दिन प्रतिदिन हत्या हिंसाको घटना घटे पनि प्रदेश सरकार मुकदर्शक बनेको भन्दै अभियानका नेता कार्यकताहरुले आक्रोश पोख्दै विरोध गरेका हुन ।
विरोध प्रर्दशनमा सहभागिले पुजारी साहको हत्यामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कारवाहीको माँग गरेका छन । उनीहरुले साधु सन्त एवं हिन्दु अभियानताको सुरक्षा दिन नसक्ने मुख्यमन्त्रीले राजिनामा दिनुपर्ने माँग समेत गरेका हुन ।
अभियानका केन्द्रिय सदस्य कृष्ण साहले ८५ प्रतिशत हिन्दु बाहुल देशमा एकजना सन्तको हत्या हुनु दुखद रहेको बताए । मुलुकमा धर्म निरपेक्ष हुँदा पनि हिन्दु माथिको आक्रमण हुनु दुर्भाग्य छ उनले भने, रौतहटका सन्तलाई षडयन्त्रपूर्वक हत्या गरिएको हुनाले दोषीलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गरिनु पर्छ ।
सरकारले हत्यालाई पक्राउ नगरे कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावी दिदै यसबाट उत्पन्न असज परिस्थतीको जिम्मा सरकारले नै लिने उनले चेतावनी दिए ।
अभियानका परवानीपुर गाउँपालिका संयोजक अनिल यादवको अगुवाईमा गरिएको विरोध प्रर्दशनमा अभियानका राहुल सर्राफ, सौरभ तिवारी, अनिल कुशवाहा, संजय साह, सोनु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।
गत ३ गते रौतहट स्थित माधवनारायण नगरपालिकाको खेसरहिया गाउँमा रहेको हनुमान मन्दिरका पुजारी सन्त श्रीराम साहलाई खाना खाईरहेको बेला कन्चटमा गोली हानी निर्ममता पूर्वक हत्या गरिएको थियो । घटनामा संलग्न दोषीलाई प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय